site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
राजनीति
Global Ime bankGlobal Ime bank
प्रधानमन्त्रीद्वारा राष्ट्रसंघीय महासभाबारे संसदीय दललाई जानकारी
SkywellSkywell
KFC Island Ad
NIC Asia

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा भएको गतिविधिबारे नेकपा (एमाले) संसदीय दलको बैठकलाई जानकारी गराएका छन् । आज बसेको एमाले संसदीय दल बैठकमा त्यहाँ आफूले गरेको सम्बोधन र त्यसक्रममा भएका दुईपक्षीय भेटवार्ता तथा कार्यक्रमबारे जानकारी गराएका हुन् । 

प्रधानमन्त्री ओलीले राष्ट्रसंघमा विगतको भन्दा नेपालको उपस्थिति र प्रस्तुति प्रभावकारी रहेको अवगत गराए । सो क्रममा विश्वका विभिन्न मुलुकका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखसँग भेटवार्ता गरेको बताए । एमाले अध्यक्ष एवं प्रधानमन्त्री ओलीले संयुक्त राज्य अमेरिकाका राष्ट्रपतिसहित विभिन्न मुलुकका राष्ट्राध्यक्ष तथा प्रधानमन्त्री र अन्य विशिष्ट व्यक्तिसँग भेटघाट भएको तथा कोलम्बिया र हार्वर्ड विश्वविद्यालयका कार्यक्रम अनुभव आदानप्रदानमा महत्त्वपूर्ण भएको बताए । 

साथै, बैठकमा बाढीपहिरो तथा डुबानबाट पीडित भएकाहरूलाई राहत तथा पुनर्स्थापनाका लागि आवश्यक पहल गर्ने विषयमा पनि जानकारी गराएको एमाले सचेतक सुनिता बरालले जानकारी दिइन् । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज १५, २०८१  १४:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
किन नहोस् त देश बर्बाद !
किन नहोस् त देश बर्बाद !
SubisuSubisu
Hamro patroHamro patro