site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
यमनका हुथी विद्रोहीद्वारा अमेरिकी ड्रोन एमक्यू–९ खसालेको दाबी 

काठमाडौं । यमनको हुथी समूहले सोमबार उत्तरी यमनी प्रान्त सादामा अमेरिकी एमक्यू–९ रिपर ड्रोन खसालेको बताएको छ । ड्रोनलाई सादाको पूर्वी भागमा खसालिएको समूहले दाबी गरेको छ । 

हुथीद्वारा सञ्चालित अल–मासिराह टीभीले ड्रोनको भग्नावशेषको दस्तावेजीकरण गरेको बताएको छ । अमेरिकी सेनाले अहिलेसम्म कुनै टिप्पणी गरेको छैन । गत वर्ष नोभेम्बरदेखि हुथी र अमेरिकी सेनाले एक अर्कालाई आक्रमण गर्दै आएका छन् ।

गाजापट्टीमा प्यालेस्टाइनीहरूसँग ऐक्यवद्धता जनाउन हुथीहरूले लाल सागर र अडेनको खाडीमा इजरायली–सम्बन्धित कार्गो जहाजहरूमा एन्टी–शिप मिसाइलहरू र ड्रोन आक्रमण गर्न थालेका थिए । जनवरीदेखि यस क्षेत्रमा तैनाथ अमेरिकी–ब्रिटिस नौसैनिक गठबन्धनले समूहलाई रोक्नको लागि हुथी लक्ष्यविरुद्ध नियमित हवाई आक्रमण र मिसाइल हमलाहरू गरेको छ । सिन्ह्वा/न्युज एजेन्सी नेपाल

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, असोज १५, २०८१  १२:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro