site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
विमान कम्पनीले तीन दिन उच्च भाडादरमा टिकट नबेच्ने

काठमाडौं । विमान कम्पनीहरूले तीन दिन उच्च भाडादरमा टिकट नबेच्ने भएका छन् । वायुसेवा सञ्चाक संघ, नेपालले आइतबार एक विज्ञप्तिमार्फत विपद्को घडीमा सरकारले तोकेबमोजिमको अपर लिमिट (उच्च भाडादर)मा टिकट नबेच्ने निर्णय गरेको हो ।

संघले असोज १४ गतेदेखि १६ गतेसम्म अपर लिमिटमा टिकट नबेच्ने निर्णय गरेको छ । संघले यस विषम परिस्थितिमा परल मूल्यमा हवाई इन्धन उपलब्ध गराउन सरकारसँग माग गरेको छ ।

Dabur Nepal
NIC Asia

यसरी हवाई इन्धनको मूल्य घटाएमा हवाई यात्रामा लाग्दै आएको फ्यूल खर्च स्वतः घट्ने र यसको प्रत्यक्ष फाइदा यात्रुहरूले पाउने संघको भनाइ छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले पनि वायुसेवा कम्पनीहरूलाई लगाउँदै आएको ल्यान्डिङ, पार्किङ, नेभिगेसन, पेसेन्जर सर्भिस चार्जलगायत अन्य दस्तुरहरूमा छुट दिनुपर्ने संघको माग छ ।

यसअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले भाडादर घटाउन नौ बुँदे निर्देशन दिएका थिए । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज १३, २०८१  १८:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro