राजनीति
काठमाडौं । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले आह्वान गरेको सर्वदलीय बैठक सुरु भएको छ । बिहीबार रातिदेखि परेको वर्षाका कारण आएको बाढीपहिरोपछिको राहत र उद्धारबारे छलफलका लागि सिंहदरबारमा बैठक बसेको हो ।
बैठकमा विभिन्न दलका शीर्ष नेताहरू उपस्थित छन् । बाढीपहिरोका कारण ठूलो जनधनको क्षति भएको छ । सरकारले राजधानीमा नै समयमा उद्धारमा ध्यान दिन नसकेको भन्दै आलोचना पनि भइरहेको छ ।
प्रकाशित मिति: आइतबार, असोज १३, २०८१ १३:४६
प्रतिक्रिया दिनुहोस्