site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सुनचाँदीको मूल्य घट्यो

काठमाडौं । स्थानीय बजारमा आइतबार सुनचाँदीको मूल्य घटेको छ । गएको शुक्रबारको तुलनामा सुन तोलामा ६ सय रुपैयाँले घटेर कारोबार भइरहेको छ । चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ६० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, चाँदी प्रतितोला एक हजार ९४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: आइतबार, असोज १३, २०८१  १०:४५
प्रतिक्रिया दिनुहोस्