site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
देश
Global Ime bankGlobal Ime bank
न्यायपरिषद्ले गर्‍यो उच्च अदालतका तीन न्यायाधीशको सरुवा
SkywellSkywell

काठमाडौं । न्यायपरिषद्ले उच्च अदालतका तीन न्यायाधीशको सरुवा सिफारिस गरेको छ । उच्च अदालतमा १६ न्यायाधीश रिक्त रहेको अवस्थामा शुक्रबार बसेको परिषद् बैठकले न्यायाधीशको सरुवा सिफारिसको निर्णय गरेको हो । 

न्यायपरिषद् नियमावली संशोधनदेखि नै उच्च अदालतका न्यायाधीशको नियुक्तिसम्बन्धी विषयमा नेपाल बार एशोसिएशनले प्रश्न उठाएका कारण न्यायपरिषद्ले उच्च अदालतमा न्यायाधीश नियुक्ति सिफारिस नगरेको हो । 

बारले भने शुक्रबार पनि न्यायपरिषद् परिसरमै धर्ना दिएर नियमावली संशोधन नगरी न्यायाधीश नियुक्ति नगर्न दबाब दिएको थियो । उच्च अदालत जनकपुरको राजविराज इजलासमा कार्यरत न्यायाधीशहरू हरिप्रसाद भण्डारी र धिरबहादुर चन्दलाई उच्च अदालत विराटनगरको अस्थाइ इजलास ओखलढुंगा सरुवा सिफारिस भएको छ ।

Dabur Nepal
NIC Asia

उच्च अदालत विराटनगरको अस्थायी इजलास ओखलढुंगामा कार्यरत नातिबाबु लामिछानेलाई उच्च अदालत पोखराअन्तर्गत बागलुङ इजलास सरुवा सिफारिस भएको छ । 

उच्च अदालतका अन्य ११ न्यायाधीशको काज सरुवा सिफिारिस भएको छ । तुल्सिपुरको बुटवल इजलासमा कार्यरत न्यायाधीश सुभाष पौडेलको नेपालगञ्ज इजलासमा सरुवा सिफारिस भएको छ । उच्च अदालत तुल्सिपुरको नेपालगञ्ज इजलासमा कार्यरत न्यायाधीश श्यामजी प्रधानको उच्च अदालत सुर्खेतअन्तर्गतको जुम्ला इजलासमा सरुवा सिफारिस भएको छ । 

बुटवल इजलासमा कार्यरत न्यायाधीश सोमकान्त मैनालीको उच्च अदालत तुल्सिपुरमा सरुवा सिफारिस भएको छ । उच्च अदालत तुल्सिपुरको नेपालगञ्ज इजलासमा कार्यरत किरणकुमारी गुप्ताको बुटवल इजलासमा सरुवा सिफारिस भएको छ ।

उच्च अदालत जनकपुरअन्तर्गत राजविराज इजलासमा कार्यरत न्यायाधीश राधाकृष्ण उप्रेतीको उच्च अदालत पाटनमा सरुवा सिफारिस भएको छ । उच्च अदालत दिपायलको महेन्द्रनगर इजलासमा कार्यरत न्यायाधीश कविप्रसाद न्यौपानेको उच्च अदालत पाटनमा सरुवा सिफारिस भएको छ । 

उच्च अदालत पाटनमा कार्यरत न्यायाधीश सुशील कोइरालाको उच्च अदालत जनकपुरको राजविराज इजलासमा सरुवा भएको छ । उच्च अदालत तुल्सिपुरमा कार्यरत अच्युतकुमार आचार्यलाई उच्च अदालत जनकपुरको राजविराज इजलासमा सरुवा सिफारिस गरिएको छ । 

उच्च अदालत तुल्सिपुरको बुटवल इजलासमा कार्यरत विष्णुप्रसाद अर्यालको उच्च अदालत विरानटरमा सरुवा सिफारिस गरेको छ । उच्च अदालत जनकपुरमा कार्यरत न्यायाधीश नरबहादुर खड्काको उच्च अदालत तुल्सिपुरमा सिफारिस गरिएको छ ।

उच्च अदालत विराटनगरको अस्थायी इजलास ओखलढुंगामा कार्यरत न्यायाधीश सरला मोक्तानको उच्च अदालत जनकपुरको राजविराज इजलासमा सरुवा सिफारिस भएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज ११, २०८१  १५:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro