site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
उपनिर्वाचनका निम्ति मंसिर २ गते उमेदवारी दर्ता 

काठमाडौं । स्थानीय तहमा रिक्त पदको उपनिर्वाचनका निम्ति आउँदो मंसिर २ गते उमेदवारी दर्ता गरिने भएको छ ।

मंसिर २ गते बिहान १० देखि बेलुका ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उमेदवारको मनोनयनपत्र दर्ता गरिने निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद सापकोटाले जानकारी दिए ।

बिहीबार आयोगले निर्वाचन कार्यक्रम स्वीकृत गरेको छ । त्यसानुसार मंसिर ३ गते बिहान १० देखि दिउँसो ३ बजेसम्म उमेदवारको विरोधमा उजुरी दिन सकिनेछ । मंसिर ४ गते बेलुका ५ बजेसम्ममा मनोनयनपत्र र उजुरीउपर जाँचबुझ एवम् निर्णय गरिनेछ । सोही दिन बेलुका ५ देखि ६ बजेसम्ममा निर्वाचन अधिकृतको कार्यालयमा उमेदवारको नामावली प्रकाशन गरिने जनाइएको छ ।

मंसिर ५ गते बिहान ९ देखि दिउँसो १ बजेसम्म उमेदवारको नाम फिर्ता लिने आयोगको कार्यतालिका छ । सोही दिन दिउँसो १ देखि ३ बजेसम्ममा निर्वाचन अधिकृतको कार्यालयमा उमेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । सोही दिन उमेदवारलाई चुनाव चिह्न प्रदान गरिने आयोगले जनाएको छ ।

मंसिर १६ गते उपनिर्वाचन हुँदै छ ।

प्रकाशित मिति: बिहीबार, असोज १०, २०८१  १३:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro