site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सबै एकताबद्ध हुनु अहिलेको आवश्यकता : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सबै एकताबद्ध हुनु अहिलेको आवश्यकता भएको बताएका छन् । नेपाली कांग्रेस पर्सा कार्यालयको उद्घाटन गर्दै बुधबार उनले नेपाल सबै जातजाति र भाषाभाषीहरूको भएकाले सबैलाई मिलाएर लैजानु आजको आवश्यकता भएको बताए ।

उनले सबै जातजाति, आदिवासी जनजाति, दलित, महिला, थारू, मुस्लिम सबैलाई एकताबद्ध बनाउनुपर्ने बताए ।

"सबै मिलेर एकताबद्ध भएर अघि बढ्नुस् । अब हाम्रो देश सम्पूर्ण जातजाति, आदिवासी जनजाति, दलित, महिलाहरूको हो । थारू, मुस्लिम सबैको देश हो । सबैलाई मिलाएर एक बनाएर लैजानु आजको आवश्यकता हो," उनले भने ।

उनले कांग्रेसहरू एक भएर अघि बढ्नुपर्ने पनि बताए ।

प्रकाशित मिति: बुधबार, असोज ९, २०८१  २२:०१
प्रतिक्रिया दिनुहोस्