site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ग्लोबल ट्रेन्डिङमा नेपाली गीत : उपलब्धि कि सामान्य प्रक्रिया ?
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । नेपाली गीत ग्लोबल हुन थालेका छन् । डिजिटल प्लेटफर्मको विकास, विस्तार र प्रयोगसँगै नेपाली गीत पनि ग्लोबल हुन थालेका हुन् ।

विश्वको जुनसुकै देश र स्थानबाट सुन्न र हेर्न सकिने डिजिटल प्लेटफर्म युट्युबको प्रयोग बढ्दै जाँदा नेपाली गीतले समेत ग्लोबल हुने अवसर पाएका छन् । जुनसुकै देशबाट गीत सुन्न–हेर्न सकिने भएसँगै यसको पहुँच विश्वभर पुगेको हो ।

विश्वभरका प्लेटफर्ममा गीत उपलब्ध हुनु मात्र उपलब्धि होइन । प्रतिस्पर्धामा अगाडि आउनुचाहिँ उपलब्धि हो । नेपाली गीत ग्लोबल ट्रेन्डिङमा पनि आउन थालेका छन् ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

विश्वभरका गीत–संगीतको ट्रेन्डिङमा नेपाली गीत समेत पर्न थालेका छन् । टप सयको ट्रेन्डिङमा नेपाली गीत पनि आउन थालेका हुन् ।

‘कास्मिरे पछ्यौरी’ र ‘रुकुम मैकोट’ बोलका गीत अहिले युट्युबको ग्लोबल ट्रेन्डिङमा छन् । मंगलबार दिउँसो १ बजे ‘कास्मिेर पछ्यौरी’ ग्लोबल ट्रेन्डिङको ८२ नम्बरमा छ । ‘रुकुम मैकोट’ ७३औँ स्थानमा छ ।

Royal Enfield Island Ad

“ग्लोबल ट्रेन्डिङ युट्युबको अटोमेटिक ट्रेन्डिङ हो । छोटो समयमा धेरै हेरिने गीत नै ग्लोबल ट्रेन्डिङमा आउने हो,” धेरै कलाकारका युट्युब च्यानल म्यानेजमेन्ट गर्दै आएका राजेन्द्र अर्याल भन्छन्, “छोटो समयमा धेरै भ्युज पाउने र कमेन्ट तथा लाइक आउने गीत ट्रेन्डिङमा आउने हो ।”

यसअघि पनि नेपाली गीत ट्रेन्डिङमा आउँथे अथवा यो नै पहिलोपटक हो त्यो भने निश्चित नरहेको राजेन्द्र बताउँछन् । “हामीले यसअघि याद गरेनौँ अथवा नेपाली गीत ग्लोबल ट्रेन्डिङमा नै परेनन्, त्यो निश्चित भएन,” राजेन्द्र भन्छन्, “तर, हामीले याद गरेसम्म कास्मिरे पछ्यौरी नै ग्लोबल ट्रेन्डिङमा परेको पहिलो नेपाली गीत हो ।”

यसअघि पनि नेपाली गीत ग्लोबल ट्रेन्डिङमा परेको हुन सक्ने तर कसैले त्यसतर्फ ध्यान नदिएको उनी बताउँछन् । नोटिस भएको पहिलो गीत भने ‘कास्मिरे पछ्यौरी’ हो ।

‘रुकुम मैकोट’का गायक एसडी योगी नेपाली गीत हाल पहिलोपटक ग्लोबल ट्रेन्डिङमा परेको जिकिर गर्छन् । “नेपाली गीत यो नै पहिलोपटक ट्रेन्डिङमा परेजस्तो लाग्छ । कास्मिरे पछ्यौरी पहिलो र रुकुम मैकोट ग्लोबल ट्रेन्डिङमा पर्ने दोस्रो गीत हो भन्ने छ,” एसडी भन्छन्, “हामीले नोटिस गरेअनुसार यी गीत नै ग्लोबल ट्रेन्डिङमा आउने पहिलो हो । समग्र नेपाली गीतमा कास्मिरे पछ्यौरी पहिलो र चलचित्रतर्फको रुकुम मैकोट पहिलो गीत बनेको छ ।”

नेपाली गीत ग्लोबल ट्रेन्डिङमा पर्नुलाई ठूलो सफलताका रूपमा लिनुपर्ने राजेन्द्र बताउँछन् । “यो वास्तवमा नेपाली संगीतका लागि आफैँमा ठूलो सफलता हो । ग्लोबल ट्रेन्डिङमा परेपछि नेपाली भाषा नबुझ्ने र नेपाली संगीत उद्योग पनि छ भनेर थाहा नपाउनेले पनि हेर्छन्,” उनी अगाडि थप्छन्, “टप हन्ड्रेडमा कुनकुन गीत परेछन् भनेर हेर्ने विश्वभरबाट थुप्रै हुन्छन् । एकपटक यसरी हेरेको व्यक्तिले मन परेको अवस्थामा अरू नेपाली गीत पनि हेर्ने सम्भावना हुन्छ ।”

नेपाली गीत–संगीत अन्तर्राष्ट्रिय बजारमा यसैगरी जाने उनी सुनाउँछन् । हालको डिजिटल युगमा कुनै पनि देशको गीत–संगीत तथा चलचित्र ग्लोबलाइज यसैगरी हुने उनको भनाइ छ ।

“अहिले पनि ग्लोबल ट्रेन्डिङमा हेर्ने हो अंग्रेजी र हिन्दीसँगै अरू थुप्रै भाषाका गीत छन् । अफ्रिकन गीत छन् । भारतकै क्षेत्रीय भाषाका गीत पनि छन्,” उनी भन्छन्, “हामी भाषा नै नबुझे पनि कस्ता गीत रहेछन् भनेर हेर्छौँ । अरूले पनि यसैगरी हेर्ने त हो ।”

धेरै देशबाट हेरिनु, कम समयमा धेरै हेरिनु तथा त्यसमा कमेन्ट आउनुजस्ता नै ट्रेन्डिङमा पर्नुको मुख्य कारण भएको गायक तथा संगीतकार एसडी बताउँछन् । “रुकुम मैकोट अहिले पनि खाडीलगायत अन्य महादेशका केही देशमा ट्रेन्डिङमा छ,” उनी भन्छन् ।

एसडी नेपाली गीत ग्लोबल ट्रेन्डिङमा आउनुलाई सफलता मान्छन् । “हाम्रा गीत विश्वमा जाने, हेरिने र खोजिने यसैगरी हो,” उनी भन्छन्, “यो हाम्रा लागि उपलब्धि र चुनौती पनि हो ।”

सर्जकका निम्ति विश्वभर युट्युबमा उपलब्ध करोडौँ गीतमध्ये टप सयमा पर्नु ठूलो उपलब्धि भएको उनी टिप्पणी गर्छन् । यस्तै सिर्जना आउँदा दिनमा गर्न सर्जकलाई यसले दबाब महसुस हुने उनी सुनाउँछन् ।

राम्रो गीत बनाएको अवस्थामा विश्वभरका स्रोतादर्शकले सुन्नेहेर्ने यी दुई गीतले पुष्टि गरेको एसडीको निष्कर्ष छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज ८, २०८१  १४:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro