site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
हिरासतको ‘भेन्टिलेसन’ भत्काएर नौ थुनुवा फरार

धनुषा । जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासत कक्षको ‘भेन्टिलेसन’ भत्काएर नौ थुनुवा फरार भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रञ्जन अवालेका अनुसार, हिरासत कक्षमा रहेका १० मध्ये सोमबार बिहान नौ थुनुवा फरार भएका हुन् । फरारमध्ये एकजनालाई पक्राउ गरिएको उनले जानकारी दिए । 

रड काट्न प्रयोग गरिने ह्याक्सो ब्लेडको प्रयोग गरी थुनुवा भेन्टिलेसन काटेर फरार भएका र उक्त औजार उनीहरूको पहुँचमा कसरी पुग्यो भन्ने बारेमा अनुसन्धान भइरहेको प्रवक्ता अवालेले बताए ।

यसैबीच, प्रहरीले फरार अभियुक्तको नाम सार्वजनिक गरेको छ । प्रवक्ता अवालेका अनुसार, फरार हुनेमा अमितकुमार झा, रञ्जित मण्डल, रोशन मण्डल, भास्कर यादव र विशाल मुखिया लागुऔषध मुद्दाका थुनुवा हुन् । सुमित मेस्तर, मनीष मण्डल र विक्की कार्की अभद्र व्यवहार मुद्दाका आरोपित हुन् । रासस

प्रकाशित मिति: सोमबार, असोज ७, २०८१  १०:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro