site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
अमेरिकामा ओली र राणालाई गर्ने भनिएको स्वागत कार्यक्रम किन स्थगित भयो ?

काठमाडौं । अमेरिकामा प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री डा. आरजु राणा देउवालाई गर्ने भनिएको स्वागत कार्यक्रम स्थगित भएको छ । नेपाली महावाणिज्यदूतावास, न्यूयोर्कले आयोजना गर्ने भनिएको स्वागत कार्यक्रम अन्तिम समयमा स्थगित भएको हो । 

नेपाली महावाणिज्यदूतावासले विज्ञप्ति जारी गर्दै सुरक्षा संवेदनशीलता र साइडलाइन वार्ताको व्यस्थताका कारण स्वागवत कार्यक्रम स्थगन गर्नुपरेको जनाएको छ ।  

Argakhachi Cement Island Ad

“प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको संयक्त राष्ट्र संघको महासभाको समिट अफ द फ्युचर तथा अन्य साइडलाइन वार्ताहरूमा व्यस्त रहनु परेको छ,” विज्ञप्तिमा उल्लेख छ, “समारोहस्थलको सुरक्षा संवेदनशीलताबारे संबन्धित निकायको सुझाव समेतलाई ध्यानमा राखी आज आयोजना हुने बृहत् कार्यक्रम स्थगन गरिएको व्यहोरा सूचित गरिन्छ ।” 

स्वागत कार्यक्रम स्थगन गर्नुको अन्य कारण भए/नभएकोबारे भने महावाणिज्यदूतावासले प्रष्ट पारेको छैन । 
 

प्रकाशित मिति: सोमबार, असोज ७, २०८१  ०८:२९
प्रतिक्रिया दिनुहोस्