site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
राजनीतिक स्थायित्वलाई बलियो बनाउन संविधान संशोधन : उपमहासचिव ज्ञवाली

काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले राजनीतिक स्थायित्वलाई बलियो बनाउन संविधान संशोधन आवश्यक रहेको बताएका छन् । 

बिहीबार जनकपुर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले संविधानको कार्यान्वयन गर्दै ९ वर्ष बिताइसकेको भन्दै संविधानमा भएका कमीलाई पूरा गर्ने समय आएको उल्लेख गरे । यसबीचमा धेरै राम्रा उपलब्धिहरू भएका पनि बताए । मौलिक अधिकारहरू स्थापित हुनु, द्वन्द्व अन्त्य भएर मूलतः मुलुक नयाँ कोर्षमा अगाडि बढ्नु सकारात्मक पक्ष रहेको उल्लेख गरे ।

उनले समतामूलक, न्यायपूर्ण र समुन्नत समाजको परिकल्पना संविधानले गरेको भए पनि त्यसका लागि अझै धेरै कामहरू गर्न बाँकी रहेको स्पष्ट पारे । संविधानको परिकल्पनाअनुसार समतामूलक, न्यायपूर्ण र समुन्नत समाज निर्माण हुन नसक्नु राजनीतिक अस्थिरता रहेको बताए ।
 
"संविधानको कार्यान्वयन गर्दै हामीले करिब ९ वर्ष बिताएका छौँ । एकातिर असाध्यै राम्रा उपलब्धिहरू पनि भएका छन् । संसारका थोरै देशहरू होलान्, जसले संविधान जारी भएको तेस्रो वर्षमै संघीयताका तीनवटै सेटअपहरू निर्माण गरेर तीनै तहका सरकार स्मोथ्ली चलाएको संसारका धेरै देशमा त्यस्तो देखिँदैन । मौलिक अधिकारहरु स्थापित भएका छन् । द्वन्द्व अन्त्य भएर मूलतः मुलुक नयाँ कोर्षमा अगाडि बढेको छ," उनले भने । 

उपमहासचिव ज्ञवालीले संघीयता नौलो अभ्यास रहेकाले गर्दै र सिक्दै जानुपर्ने बताए ।

प्रकाशित मिति: बिहीबार, असोज ३, २०८१  १६:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro