site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
रविको प्रस्ताव– प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री बनाऔँ, प्रदेशसभा खारेज गरौँ
फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री बनाउनुपर्ने प्रस्ताव राखेका छन् । पार्टीको राष्ट्रिय भेलामा प्रतिवेदन प्रस्तुत गर्दै उनले संविधान संशोधनमार्फत यस्तो व्यवस्था राखिनुपर्ने बताए ।

“प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री । प्रधानमन्त्रीले विषयविज्ञ नेपाली नागरिकबाट छान्न पाउने व्यवस्था हुनुपर्छ,” उनले भने ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

लामिछानेले प्रदेशसभा खारेज गर्दै स्थानीय तहका जनप्रतिनिधि सम्मिलित प्रदेश परिषद्लाई नै विधायकी अधिकार दिन सकिने उन्नत विकल्पबारे छलफल सुरु गरिने बताए । 

“प्रदेशसभा खारेज गर्दै स्थानीय तहका जनप्रतिनिधि सम्मिलित प्रदेश परिषद्लाई नै विधायकी अधिकार दिन सकिने उन्नत विकल्पबारे छलफल सुरु गरिने छ । साथै विज्ञले नेतृत्व गर्ने गरी मुख्यमन्त्री समेत गरी पाँचवटा प्रदेश मन्त्रालय रहने व्यवस्था बुहआयामिक पहिचान झल्कने सातवटा प्रदेश कायम राख्दै स्थानीय पालिकाहरूको संख्या भने ५०० भन्दा मुनि झारिने छ,” उनले भने ।

उनले अहिलेकै ढंगबाट बोझिलो प्रदेश संरचना राख्न कुनै हालतमा पनि स्वीकार गर्न नसकिने प्रस्ताव राखे । उनले अहिलेको निर्वाचन प्रणालीले कहीँ नपुगिने जिकिर पनि गरे । निर्वाचन प्रणाली पूर्णसमानुपातिक हुनुपर्ने पनि उनको भनाइ छ । विदेशमा रहेका नेपाली नागरिकलाई समानुपातिक उमेदवार बनाउने बताए ।

प्रकाशित मिति: बुधबार, असोज २, २०८१  १८:१६
प्रतिक्रिया दिनुहोस्