site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कांग्रेस–एमाले समीकरण उच्च राजनीतिक सहकार्य : मुख्यमन्त्री कार्की 
Tiktok banner adTiktok banner ad

विराटनगर । कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अहिलेको समीकरण राजनीतिक दाउपेच नभएर राष्ट्रिय हितको रक्षाका लागि भएको बताएका छन् । उनले भ्रष्टाचार नियन्त्रण गरी मुलुकमा सुशासन कायम गर्न, राष्ट्रको विकास निर्माण अभियानलाई तीब्रता दिन र राजनीतिक स्थिरताका लागि नयाँ गठबन्धन भएको बताए । 

कोसी प्रदेशसभामा बुधबार विश्वासको मत माग्दै मुख्यमन्त्री कार्कीले प्रदेश सरकार बनेको छोटो अवधिमा सरकारले राम्रा कामको सुरुआत गरेको दाबी गरे ।  

“मेरो नेतृत्वमा कोसी प्रदेश सरकार गठन भएयता केही सकारात्मक सन्देश प्रवाह गर्ने गरी अघि बढ्ने प्रयत्न गरिएको छ,” उनले भने, “धार्मिक तथा साँस्कृतिक क्षेत्रको विकासका निम्ति पाथिभरा क्षेत्र विकास समिति (गठन) आदेश, २०८१, बृहत्तर बराहक्षेत्र विकास समिति (गठन) आदेश, २०८१, हलेसी महादेवस्थान विकास समिति (गठन) आदेश, २०८१ स्वीकृत गरी कार्यान्वयनको चरणमा रहेको छ ।” 

सूचना प्रविधिमा आधारित रोजगारी सिर्जना गर्ने उद्देश्य अनुरूप कर्जा सुरक्षण कार्यक्रमको विस्तार र प्रवर्धनका लागि प्रदेश सरकार र निक्षेप तथा कर्जा सुरक्षण कोष, काठमाडौंबीच समझदारीपत्रको आदानप्रदान जस्ता कुराले प्रदेशमा आशाको सञ्चार सृजना गरेको उनले बताए । प्रदेशको पर्यटन प्रर्वधनका लागि सार्वजनिक निजी सहकारी लगानीको अवधारणाअनुसार भेडेटार स्काइवाक परियोजना सञ्चालन र ट्रायल पास हुनेबित्तिकै लाइसेन्स वितरण जस्ता विषयले प्रदेश उत्साह छाएको दाबी गरे । 

कांग्रेस र एमालेको सहकार्य प्रदेशवासी जनता समेतको चाहना बमोजिम अघि बढेको उच्च राजनीतिक सहकार्य भएको दाबी गरे । 

कार्की गत वैशाख २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । पहिलोपटक वैशाख ३१ मा विश्वास मत लिएका थिए । माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि दोस्रोपटक आज (बुधबार) फेरि विश्वासको मत लिन लागेका हुन् । कोसीमा गत साउन ११ गते सरकार छाडेको माओवादीले भदौ १४ गते समर्थन फिर्ता लिएको थियो । कोसीमा हाल कांग्रेस–एमाले गठबन्धन सरकार छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज २, २०८१  १६:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro