site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
यो गठबन्धन बद्नियतपूर्ण र अप्राकृतिक : राप्रपा

विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कोसी प्रदेश संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले बद्नियतपूर्ण ढंगले बनेको गठबन्धन अप्राकृतिक भएको आरोप लगाएका छन् ।

कोसी प्रदेशसभाको बुधबारको बैठकमा बोल्दै सिटौलाले अप्राकृतिक ढंगले कलियुग चल्ने गरेको मान्यता जस्तै यो गठबन्धन चलेको आरोप लगाए । गठबन्धन फेरिने र सरकार फेरबदल भइरहने परिपाटीका कारण संविधानको औचित्यमाथि नै प्रश्न उठ्न थालेको दाबी गरे । “आन्तरिक र बाह्य कारण नेपाल एकीकरण गरेको राजसंस्थालाई पाखा लगाएकोले संविधान अपूरो छ,” उनले भने ।

उनले संसारमा एकमात्र हिन्दु राष्ट्र रहेको भन्दै सिटौलाले वैदिक सनातन धर्म, किरात र हिन्दु धर्मको उद्भवस्थल भएको चर्चा गरे । उनले तीन धर्मको उद्गमस्थल भएको बताउँदै समधर्म समभावका लागि हिन्दु राज्य अपरिहार्य भएको सुनाए । 

“अरुका प्रभावमा परेर धर्म निरपेक्षतामा गएको हो । के राजनीतिक धर्मभन्दा विपरीत हो,” उनले भने, “धर्मको मेरुदण्डभित्र नै राजनीतिक हुन्छ । धर्म निरपेक्षको छटपटाहटमै संविधान संशोधन गर्नुपर्छ कि भनेर ठूला दलले महसुस गरेका हुन् कि ?” 

उनले मुलुक ठूलाठूला भ्रष्टाचार काण्डमा परेको बताए । सिटौलाले कुनै पनि सरकारी अड्डा तिथिमा नचलेको भन्दै बरु बेथिति र भ्रष्टाचारमा लिप्त भएको आरोप लगाए । उनले भने, “कर बुझाउन समेत घुस दिनुपर्ने अवस्था छ ।”
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज २, २०८१  १५:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro