site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
राजदूत भण्डारीले गरे बंगलादेशका प्रमुख सल्लाहकारसँग भेटवार्ता, ऊर्जा सहयोगमा जोड

काठमाडौं । बंगलादेशका लागि नेपाली राजदूत घनश्याम भण्डारीले बंगलादेशको अन्तरिम सरकारका प्रमुख सल्लाहकार मुहम्मद युनुससँग शिष्टाचार भेट गरेका छन् ।  

ढाकास्थित युनुसको कार्यालयमा मंगलबार भएको भेटवार्तामा राजदूत भण्डारीले प्रमुख सल्लाहकारमा नियुक्ति भएकोमा बधाई दिँदै नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको शुभकामना पत्र हस्तान्तरण गरेका थिए ।

भेटमा राजदूत भण्डारीले बंगलादेश सरकार र जनतासँग नेपाल सरकार र जनताको ऐक्यबद्धता दोहोर्‍याएका थिए ।

बंगलादेशका प्रमुख सल्लाहकारले नेपालको समर्थन र ऐक्यबद्धताको प्रशंसा गर्दै दुई देशबीच राजनीतिक र जनस्तरमा घनिष्ट र सौहार्दपूर्ण सम्बन्ध कायम रहेकोमा सन्तोष व्यक्त गरेका थिए ।

भेटमा नेपाल–बंगलादेशबीचको सम्बन्धलाई थप सुमधुर बनाउने र आर्थिक सम्बन्धलाई नवीकरण गर्ने विषयमा छलफल भएको थियो ।

राजदूत भण्डारीले व्यापार, पारवहन र कनेक्टिभिटीका क्षेत्रमा सम्भाव्यताको खोजी गर्नुपर्नेमा जोड दिँदै नेपाल र बंगलादेशसँगको ऊर्जा सहयोगमा जोड दिएका थिए । 

भारतीय प्रसारण लाइनमार्फत नेपालबाट बंगलादेशमा ४० मेगावाटको जलविद्युत् निर्यातको प्रारम्भिक सुरुआत उपक्षेत्रीय स्तरमा ऊर्जा सहयोग अभिवृद्धिमा परिवर्तनकारी कदम हुने भेटमा उनले बताएका थिए ।

भेटमा क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मञ्चमा नेपाल–बंगलादेश सहयोगका विषयमा पनि छलफल भएको थियो । उनीहरूले सार्क र बिमस्टेकजस्ता क्षेत्रीय संगठनलाई थप सक्रिय गर्ने कुरामा जोड दिएका थिए ।

प्रकाशित मिति: बुधबार, असोज २, २०८१  १३:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro