site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
प्रदेश संरचनालाई हटाउन सकिँदैन, समानुपातिक प्रणाली पनि चाहिन्छ : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान संशोधनमार्फत प्रदेश संरचनालाई हटाउन नसकिने बताएका छन् । प्रदेश संरचना आवश्यक नरहेको टिप्पणी भइरहेका बेला प्रमुख सत्ता साझेदार दलका सभापतिले बनिसकेको प्रदेश संरचनालाई हटाउन सक्ने अवस्था नरहेको बताएका हुन् । प्रदेश संरचनालाई अझ बढी उत्तरदायी र पारदर्शी बनाउने गरी सुधार भने गर्नुपर्ने उनको भनाइ छ ।

संविधान दिवसको सन्दर्भमा मंगलबारकांग्रेसको कानुन विभागले पार्टी कार्यालय सानेपामा आयोजना गरेको कार्यक्रममा देउवाले समानुपातिक प्रणालीका विषयमा प्रश्न उठे पनि समावेशिताकोखिलापमा जनमत नरहेको बताए ।

"ओलीजी प्रधानमन्त्री हुँदाखेरि उहाँले संविधान संशोधन गर्न सक्ने कुरा भन्नुभएको छ । त्यो फेरि प्रजातन्त्रको खिलापमा होइन । प्रजातन्त्रलाई अझ मजबुत बनाउने किसिमको संविधानमा सुधार हुने संशोधन हुने कुरा हुन सक्दछ । त्यसैअनुसार ठान्नु पर्दछ," उनले भने ।

देउवाले कतिपय समुदाय आफैँ चुनाव जित्न नसक्ने अवस्थामा रहेकाले समावेशी राजनीति आवश्यक रहेको बताए ।

"आदिवासी, जनजाति, महिला, दलित सबैलाई यो शासन प्रणालीमा समावेशी गराउन आवश्यक छ । त्यसकारण समावेशी सिद्धान्त जरुरी पनि छ । अहिले भारतमा पनि समावेशी सिद्धान्त त्यो अम्बेडकर भन्ने एउटा महान विद्वानले बनाएको संविधान हो । त्यसमा समावेशिता अहिले पनि छ त्यहाँ । त्यसैकारण समावेशी हाम्रा लागि अझ बढ्ता आवश्यकता छ । त्यसकारण समावेशिता आवश्यक छ," उनले भने ।

देउवाले कांग्रेस–एमालेले भन्दै आएको संविधान संशोधन प्रजातन्त्रलाई मजबुत बनाउनका लागि हुने पनि जिकिर गरे । उनले कांग्रेस–एमाले प्रजातन्त्रको पक्षमा लडेका पार्टीहरू भएकाले कुनै शंका नगर्न आग्रह गरे ।

प्रकाशित मिति: मंगलबार, असोज १, २०८१  १७:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro