अर्थ व्यवसाय
काठमाडौं । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य घटेर कारोबार भएको छ । सुनको मूल्य तोलामा ६०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस दिन छापावाल सुन प्रतितोला एक लाख ५६ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाल सुन प्रतितोला एक लाख ५७ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । यो हालसम्मकै उच्च मूल्य हो ।
चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेको छ । चाँदी प्रतितोला एक हजार ९०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार चाँदी प्रतितोला एक हजार ९१५ रुपैयाँमा कारोबार भएको थियो ।
प्रकाशित मिति: मंगलबार, असोज १, २०८१ १०:४७
प्रतिक्रिया दिनुहोस्