site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सदनको बजेट अधिवेशन : ५६ बैठक, ६ विधेयक पारित 
फाइल तस्बिर ।
SkywellSkywell

काठमाडौं । प्रतिनिधिसभाको बजेट अधिवेशन १३० दिन चलेर अन्त्य भएको छ । गत वैशाख २८ गते सुरु भएको अधिवेशन सोमबार (भदौ३१) राति १२ बजेबाट लागु हुने गरी अन्त्य गरिएको हो । छपन्न दिनमा ५६ पटक बैठक बसेको संसद् सचिवालयले जनाएको छ ।

२०६ घण्टा २५ मिनेट संसदीय काम कारबाहीमा संसद् व्यतित भएको सभामुख देवराज घिमिरेले जानकारी दिए  । यस अवधिमा संघीयसंसद्को दुवै सदनको संयुक्त बैठक जम्मा दुईपटक बैठक बसी तीन घण्टा ५५ मिनेट समय व्यतित भएको थियो । 

बजेट अधिवेशनमा बजेटसँग असम्बन्धित दुई विधेयकसहित ६ विधेयक पारित भएका छन् । संसद् सचिवालयका अनुसार ‘लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक जेठ १३ गतेको बैठकबाट पारित भएको थियो । ‘विनियोजन विधेयक, २०८१, असार ११ गते बहुमतबाट पारित भएको थियो । 

Dabur Nepal
NIC Asia

Parliament-(8)-1721549931.jpgत्यस्तै, आर्थिक विधेयक, २०८१, राष्ट्र ऋण उठाउने विधेयक, २०८१ भन्सार महसुल विधेयक असार १६ गते प्रतिनिधिसभा बैठकबाट पारित भएको थियो । 
बजेट अधिवेशनमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक साउन ३० गते प्रतिनिधिसभाको बैठकबाट पारित भएको थियो ।

यस अधिवेशनमा प्रतिनिधिसभामा आठवटा सरकारी र एउटा गैरसरकारी विधेयक दर्ता भएको थियो । जसमध्ये तीन विधेयक समितिमा विचाराधीन छन् । प्रतिनिधिसभाको पहिलो, दोस्रो र तेस्रो अधिवेशनमार्फत प्राप्त सरकारी र गैरसरकारी जम्मा १३ वटा विधेयकमध्ये सात विधेयक सम्बन्धित समितिमा विचाराधीन रहेको जनाइएको छ ।

‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलोसंशोधन) विधेयक’ र ‘बैंकिङ कसुर तथा सजाय (दोस्रोसंशोधन) विधेयक, २०८० सम्बन्धी समितिको प्रतिवेदन बैठकमा पेस भएको छ ।

‘राजनीतिक दलसम्बन्धी (दोस्रोसंशोधन) विधेयक, २०८०’ लाई सरकारले सभाको सहमतिमा फिर्ता लिएको छ । 

Parliament-1719745957.jpgप्रतिस्थापन विधेयकको रूपमा दर्ता भएको ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलोसंशोधन) विधेयक, २०८०’ समयमै पारित नभएको कारण र ‘औषधि तथा स्वास्थ्य सामग्री (नियमन तथा नियन्त्रण) विधेयक, २०८०’ सम्बन्धी गैरसरकारी विधेयकका प्रस्तुतकर्ता सदस्य मन्त्री भएका कारण स्वतः निष्क्रिय भएको जानकारी बैठकमा गराइएको छ । 

त्यसैगरी, राष्ट्रियसभामा उत्पत्ति भई प्रतिनिधिसभामा प्राप्त ‘सुरक्षित कारोबार (पहिलोसंशोधन) विधेयक, २०८१’ सम्बन्धित समितिमा विचाराधीन रहेको सभामुख घिमिरेले बैठकमा जानकारी दिए ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ ३१, २०८१  १६:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu