site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
‘पिपुल्स एन्ड प्लानेट’का विषयमा गम्भीर छलफल गर्छौँ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघको महासभामा ‘पिपुल्स एन्ड प्लानेट’का विषयमा गम्भीर छलफल गर्ने बताएका छन् । सोमबार प्रतिनिधिसभा बैठकलाई उनले आजको समयमा ध्यान दिनुपर्ने विषय नै पिपुल्स एन्ड प्लानेट रहेको बताए ।

प्रधानमन्त्री ओलीले भविष्यको पुस्ता र बालबालिका कसरी सुरक्षित रहन्छन् भन्ने विषयमा छलफल गर्ने उल्लेख गरे । उनले भने, “जब हामी पिपुल्स र प्लानेटको कुरा गर्छौँ, आज ध्यान दिनुपर्ने दुईवटा विषय हुन्, पिपुल्स एन्ड प्लानेट । जुनसुकै कुरा गरौँ, जेसुकै कुरा गरे पनि पिपुल्स एन्ड प्लानेट । प्लानेटको फ्युचर हाम्रो फ्युचर जेनेरेसन, आजको फ्युचर जेनेरेसन । आजको चिल्ड्रेन र भोलिका चिल्ड्रेन । सबै कसरी सुरक्षित हुन्, यी सबै विषयमा छलफल हुँदै छ ।”

Dabur Nepal
NIC Asia

उनले नेपालमा जलवायु परिवर्तनका कारण देखिएका समस्या तथा दृष्टिकोण महासभामा प्रस्तुत गर्ने समेत बताए ।

प्रधानमन्त्री ओली राष्ट्रसंघको ७९औँ महासभामा भाग लिन आउँदो असोज ४ गते अमेरिका जाँदै छन् । राष्ट्रसंघको महासभा सेप्टेम्बर १० अर्थात् भदौ २५ गते देखि सुरु भइसकेको छ । महासभा सेप्टेम्बर २५ अर्थात् असोज १२ गतेसम्म चल्नेछ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ ३१, २०८१  १४:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro