site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा गोकर्ण कार्की विजयी
SkywellSkywell

पोखरा । पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा गोकर्ण कार्की विजयी भएका छन् । आइतबार साँझ आएको अन्तिम मत परिणामाअनुसार, ३५औँ महाधिवेशनमा कार्की एकहजार ३३९ मत ल्याएर संघको अध्यक्षमा निर्वाचित भएका हुन् ।

उनले प्रतिष्पर्धी अर्जुन पोखरेललाई ४५८ मतले पराजित गरे । पोखरेलले ८८१ मत प्राप्त गरे । अध्यक्ष पदमा २७ मत बदर भएको निर्वाचन समितिले जनाएको छ ।

गत महाधिवेशनमा पनि अध्यक्षमा प्रतिष्पर्धा गरेका पोखरेल पराजित भएका थिए । कार्की महासंघका वरिष्ठ उपाध्यक्ष थिए ।

Dabur Nepal
NIC Asia

यस निर्वाचनमा पोखरेल प्यानल नै बनाएर होमिएका थिए । कार्कीले भने अध्यक्षमा मात्र उमेदवारी दिएका थिए ।

पोखरेल प्यानलबाट उपमहासचिवमा उमेदवारी दिएका बालकृष्ण कोइराला पनि पराजित भएका छन् । कोइरालालाई १६० मतले हराउँदै सुदीपमान प्रधानांग निर्वाचित भए । प्रधानांगले एक हजार १७७ मत ल्याए । कोइरालाले एक हजार ४७ मत ल्याए ।

पदाधिकारीमा पराजय भए पनि पोखरेलको टिमले पदाधिकारी र बहुमत सदस्य भने जितेको छ । यस प्यानलबाट वरिष्ठ उपाध्यक्षमा उत्तममान बुद्धाचार्य, उद्योग उपाध्यक्षमा दिनेशचन्द्र बास्तोला, वाणिज्य उपाध्यक्षमा बलराम आचार्य, महासचिवमा शोभा गौतम र कोषाध्यक्षमा मनोजकुमार श्रेष्ठ पहिले नै निर्विरोध निर्वाचित भइसकेका थिए ।

दस सदस्यमध्ये पोखरेल समूहका आठ जनाले जित हासिल पारेका छन् । सदस्यमा ललितबहादुर कुँवरले सर्वाधिक एकहजार ५३९ मत पाए । यसैगरी, देवेन्द्र प्रजूले एकहजार ५१६ मत, सौगात थापाले एकहजार ४९४, दूधमान गुरुङले एकहजार ४६८, भीम गौतमले एकहजार ४३९, जीवनप्रकाश श्रेष्ठले एकहजार ३८३, टीकाराम सुवेदीले एकहजार ३९४ र यादवप्रसाद पोखरेलले एकहजार ३०० मत प्राप्त गरेर निर्वाचित भए ।

यस्तै, लेखनाथ सुवेदी एकहजार २८६ र प्रेमबहादुर सुवेदीले एकहजार २९६ मत प्राप्त गरे ।

स्वतन्त्र उमेदवारी दिएकामध्ये प्रदीपराज भण्डारीले एकहजार ३७० र रामचन्द्र तिमिल्सिनाले एकहजार ३७५ मत ल्याएर विजयी बने ।

कुल दुई हजार ९०७ मतदातामध्ये दुई हजार २५१ मत खसेको थियो ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ ३०, २०८१  १९:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu