site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कांग्रेसको पुस्तकालय तथा पार्टी अध्ययन–स्रोत केन्द्र विभागमा थपिए १० सदस्य
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेपाली कांग्रेसको पुस्तकालय तथा पार्टी अध्ययन–स्रोत केन्द्र विभागमा १० सदस्य मनोनयन गरिएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको विधान, २०१७ (संशोधनसहित)को धारा २५ (९) बमोजिम आइतबार विभागमा १० सदस्य थपेका हुन् ।

थपिएका सदस्यमा काठमाडौंका पूर्णलाल श्रेष्ठ, कैलालीका पुष्पराज जोशी, दोलखाका राजेन्द्र श्रेष्ठ, अछामका नृप साउद, महोत्तरीका प्रकाश राय रहेका पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेल जानकारी दिए ।

सिन्धुपाल्चोकका महेन्द्र लामा, सुनसरीका विपीन किरण, अर्घाखाँचीका आयुष गौतम, स्याङ्जाकी चन्दा क्षेत्री र रुकुम पश्चिमका प्रविण ददेललाई पनि विभाग सदस्यमा मनोनयन गरिएको छ । उक्त विभागको प्रमुख कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी हुन् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ ३०, २०८१  १३:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro