राजनीति
काठमाडौं । संवैधानिक परिषद्को बैठक कुनै निर्णय नै नगरी सकिएको छ । संवैधानिक निकायका रिक्त पदमा नियुक्ति सिफारिसका लागि शुक्रबार साँझ बालुवाटारमा बसेको बैठक 'निर्णय नगरी' सकिएको हो ।
बैठक भदौ ३१ गते (सोमबार) अपराह्न ५ बजे बस्ने गरी सकिएको उपसभामुख इन्दिरा रानामगरले जानकारी दिइन् ।
उनका अनुसार, आजको बैठकमा संवैधानिक परिषद्का सदस्यहरूबीच नियुक्ति सिफारिसका विषयमा गहन छलफल नभएकाले एक्कासि निष्कर्षमा पुग्न नहुने समझदारी बनेको थियो ।
प्रकाशित मिति: शुक्रबार, भदौ २८, २०८१ २०:२१
प्रतिक्रिया दिनुहोस्