राजनीति

काठमाडौं । सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुशील ज्ञवालीलाई नियुक्त गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले ज्ञवालीलाई नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
लगानी बोर्डको सीईओका लागि आवेदन दिएकामध्ये ज्ञवाली, भीष्मराज ढुंगाना, रघुराज काफ्ले, विष्णुप्रसाद भट्टराई र रामदेव यादव सर्ट लिस्टमा परेका थिए । त्यसमध्येबाट तनिजनाको नाम मन्त्रिपरिषद्मा सिफारिस भएकोमा ज्ञवाली सीईओ नियुक्त भएका हुन् ।
प्रकाशित मिति: बिहीबार, भदौ २७, २०८१ २१:५०
प्रतिक्रिया दिनुहोस्