site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
सांस्कृतिक कार्यक्रममा राजनीतिक गन्ध आउनु हुँदैन : उपप्रमुख डंगोल

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले सांस्कृतिक कार्यक्रमहरूमा राजनीतिक गन्ध आउनु नहुने बताएकी छन् । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् ।

उनले सांस्कृतिक कार्यक्रमहरूमा कुसंस्कारका पक्षहरूको गन्ध आउन नहुने पनि उल्लेख गरिन् । सांस्कृतिक कार्यक्रममा कुसंस्कार र राजनीतिक गन्ध आउन नदिन सबैजना एकजुट हुन आवश्यक रहेको बताइन् । सांस्कृतिक पर्वहरूमा सबैजना रमाउने र खुसी हुने पर्व भएको बताइन् ।

उनले भनिन्, "सांस्कृतिक कार्यक्रमहरूमा कुनै पनि राजनीतिक गन्ध आउनु हुँदैन । कुसंस्कारका पक्षहरूको गन्ध आउनु हुँदैन । त्यसलाई न्यूनीकरण गर्न हामी सबैजना एकजुट हुन आवश्यक छ । यो विशुद्ध सांस्कृतिक पर्व हो । सबैजना रमाउने र खुसी हुने पर्व हो । यो रमाउने, खुसी हुने वातावरण बनाउनका लागि काठमाडौं महानगरपालिका हर्दम सम्पूर्ण सरोकारवाला निकायहरूसँग नजिकबाट नै काम गरिरहेका छौँ ।"

उनले रमाउन र खुसी हुने वातावरण बनाउनका लागि काठमाडौं महानगरपालिका सरोकारवाला निकायहरूसँग नजिकबाट नै काम गरिरहेको पनि बताइन् ।

 

प्रकाशित मिति: बिहीबार, भदौ २७, २०८१  २१:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro