site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कोसीका संसदीय समितिको सभापतिमा सातजनाको मनोनयन

विराटनगर । कोसी प्रदेशसभाका सात संसदीय समितिको सभापति पदमा सातजनाको मनोनयन दर्ता भएको छ ।

प्रदेशसभा सचिवालयले समितिका सभापति छान्न शुक्रबार निर्वाचन मिति तोकेको छ । प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले शुक्रबार दिउँसो २ बजे निर्वाचित सभापतिहरूको शपथ हुने बताए ।

नेपाली कांग्रेस र एमालेले भागबन्डा मिलाएअनुरुप नै समितिको सभापतिमा मनोनयन परेको छ । दुवै दलले तीन–तीन र सार्वजनिक लेखा समिति विपक्षी दल माओवादी केन्द्रलाई छाडिदिएका छन् ।

एमाले सांसद कमला दर्नालले न्याय प्रशासन तथा विधायन, होमबहादुर थापाले प्राकृतिक स्रोत तथा पूर्वाधार  र रामदेव यादवले उद्योग, पर्यटन तथा वातावरण समितिमा मनोनयन दर्ता गराएका छन् ।

कांग्रेस सांसद गयानन्द मण्डलले सामाजिक विकास, खगेश्वरी पौडेलले सुशासन तथा योजना र विनोद बान्तवा राईले अर्थ समितिको सभापतिमा मनोनयन दर्ता गराएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

सार्वजनिक लेखा समितिको सभापतिमा माओवादी केन्द्रका राजन किरातीले मनोनयन दर्ता गराएका छन् । करिब दुई वर्षदेखि संसदीय समिति नेतृत्वविहीन हुँदा ज्येष्ठ सदस्यले सभापतित्व गर्दै आएका थिए ।

प्रकाशित मिति: बिहीबार, भदौ २७, २०८१  १८:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro