site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
अन्य राजनीतिक दलहरूलाई कमजोर बनाउने हाम्रो नीति होइन : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले अरु राजनीतिक दललाई कमजोर बनाउने नीतिअनुसार वर्तमान सरकार निर्माण नभएको बताएका छन् ।

बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आायोजित उत्कृष्ट नगरपालिका र गाउँपालिकालाई सम्मान कार्यक्रममा उनले यस्तो बताएका हुन् । नेकपा (माओवादी केन्द्र)प्रति लक्षित गर्दै उनले दुई ठूला राजनीतिक दल मिलेपछि अरु पार्टीलाई सिध्याउने हुन् की भन्ने भय पालेर नराख्न आग्रह गरे ।

उनले कुनै पनि पार्टीलाई सिध्याउने र कमजोर पार्ने नीति कांग्रेस र एमालेको नभएको बताए । सबैलाई मिलाएर अघि बढाउन आफूहरूले चाहेको पनि स्पष्ट पारे । पछिल्लो समय पार्टी परित्याग गरेकाहरू पनि पार्टीमा पुनः फर्किने क्रम जारी रहेको भन्दै अझ बलियो पार्टी बनाउनुपर्ने आवश्यकता औंल्याए ।

कांग्रेसलाई कमजोर बनाउनेहरू नेपालमा रहेको भन्दै सबैलाई एक गरेर बलियो पार्टी बनाउनुपर्नेमा जोड दिए । उनले आफूले अब सबैकुराबाट सन्न्यास लिने बेला आइसकेको भन्दै पार्टी, देशको चिन्ता अब नयाँ बन्ने नेताहरूले लिनुपर्ने बताए ।

"हाम्रो पार्टी र नेकपा एमाले सहमतिमा पगेर अहिले नयाँ सरकार बनेको छ । एमाले र माओवादी हुँदा हाम्रो पार्टीको अवस्थाप्रति सबै साथीहरू चिन्तित थिए । डराएका पनि थिए । अफ्ठ्यारो पनि मानेका थिए । उहाँहरूकै सुझावअनुसार एमालेका नेता केपी शर्मा ओलीसँग कुरा गरेर सहमतिमा पुग्यौँ । त्यो सहमतिले अहिले ओलीजी प्रधानमन्त्री हुनुहुन्छ । दुई वर्ष पुगेपछि डेढ वर्षको निम्ति मलाई प्रधानमन्त्री छोड्ने सहमति भएको छ," उनले भने, "हामीले सबैलाई एक गरेर बलियो पार्टी बनाउनु पर्छ । मेरो उमेर पनि गयो । हरेक कारणले पनि रिटायरमेन्टको बेला भइसकेको छ । भोलि हुने नेताहरूले नै चिन्ता बढी गर्नुपर्छ । मलाईभन्दा बढ्ता चिन्ता गर्नुपर्छ ।"

सभापति देउवाले भोलिका दिनहरू चुनौतीपूर्ण र महत्त्वपूर्ण अवसरका रूपमा रहेको भन्दै दुवैलाई मिलाएर अघि बढ्न आग्रह गरे । अब पार्टीको नेतृत्व लिने नेताहरूलाई काम गरेर देखाउन पनि चुनौती दिए ।

प्रकाशित मिति: बिहीबार, भदौ २७, २०८१  १७:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro