site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सात महिनापछि रवि लामिछानेले भने– शेरबहादुर आफैँले भेटेर मलाई प्रधानमन्त्री प्रस्ताव गरेका हुन् 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले शेरबहादुर देउवा स्वयंले आफूलाई भेटेर प्रधानमन्त्री प्रस्ताव गरेको बताएका छन् । सात महिनाअघि पनि लामिछानेले एमाले–माओवादी गठबन्धन सरकारमा गृहमन्त्री बन्दै गर्दा कांग्रेसले प्रधानमन्त्री प्रस्ताव गरेको बताएका थिए ।  

त्यसबेला लामिछानेले प्रधानमन्त्री बन्न दिएको ‘कन्ट्रयाक पेपर’ आवश्यक परेका दिन सार्वजनिक गर्ने बताएका थिए । उनले कसले भेटेर प्रधानमन्त्री प्रस्ताव गरेको भन्ने खुलाएका थिएनन् । बुधबार (आज) लामिछानेले आफूलाई शेरबहादुर देउवा आफैँ आएर प्रधानमन्त्री प्रस्ताव गरेको खुलाएका हुन् । 

सहकारी ठगीको छानबिन प्रभावित पार्न हारगुहार गरेको छ रे नि भन्ने प्रश्नको जवाफमा लामिछानेले पुरानो विषय खुलाएका हुन् । “प्रधानमन्त्रीसँग मेरो भेट भइरहन्छ । कहिलेकाहीँ तपाईंहरूले प्रधानमन्त्रीलाई भेट्न गयो, शेरबहादुर देउवालाई भेट्न गयो भनेर गलत म्यासेज लेखिदिनुहुन्छ,” लामिछानेले पार्टी बैठकपछि सञ्चारकर्मीसँग भने, “मैले शेरबहादुर देउवाजीलाई भेटेकै छैन ।” 

उनले धेरैअघि देउवाले नै आफूसँग आएर भेटेको दाबी गरे । “मैले भेटेको छैन शेरबहादुरजीलाई कुनै बेला उहाँले नै प्रधानमन्त्री प्रस्ताव लिएर आउँदा भेट भएको हो । उहाँले नै मलाई भेटेको हो,” लामिछानेले भने, “मैले उहाँलाई त्यसपछि भेटेको छैन ।” 

फागुन २१ गते कांग्रेस गठबन्धन छोडेर एमाले गठबन्धनबाट पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बन्दा त्यसको श्रेय रास्वपाले लिएको थियो । उसले आफ्नो प्रस्ताव प्रधानमन्त्रीले स्वीकार गरेको भन्दै धन्यवाद दिँदै कांग्रेसले प्रधानमन्त्री प्रस्ताव गर्दा आफूले अस्वीकार गरेको बताएको थियो । 

प्रचण्डले विश्वासको मत लिने क्रममा रास्वपा उपसभापति डा. स्वर्णिम वाग्लेले कांग्रेसको नाम नलिइ ‘कसैले च्याप्प समातेर प्रधानमन्त्री बनाइदेला भनेर जोगिएर हिँड्नु परेको’ बताएका थिए । त्यसविषयमा कांग्रेस सांसदहरूले कसले प्रस्ताव गर्‍यो भनेर प्रश्न गरे पनि लामिछानेले समय आएपछि पत्र सार्वजनिक गर्ने बताएका थिए । 

रास्वपाका दोस्रो तहका नेताहरूले भने अनौपचारिक रूपमा आफूहरूनिकट कांग्रेस नेताहरूले प्रस्ताव गरेको बताएका थिए । उनीहरूले प्रस्ताव ढिला आएकाले कार्यान्वयनको सम्भावना नदेखिएकाले स्वीकार नगरेको बताएका थिए । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ २६, २०८१  १३:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro