site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
उपसभामुखबारे ‘पर्ख र हेर’को नीतिमा रास्वपा 
फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपसभामुख इन्दिरा रानाबारे ‘पर्ख र हेर’को नीति लिएको छ । आज बसेको सचिवालय बैठकपछि कार्यवहाक प्रवक्ता मनिष झाले अहिले कुनै निर्णय नगरिएको बताए । 

“उहाँहरू (सत्तारुढ दल)ले कस्तो कदम लिनुहुन्छ । उहाँहरूको प्रस्तुति कस्तो हुन्छ ? त्यसअनुसार हामी फेरि छलफल गर्नेछौँ,” उनले भने, “हामी पर्ख र हेरको अवस्थामा छौँ ।” 

परिस्थितिको सामना गर्न तयार रहेको उनको भनाइ छ । उनले उपसभामुखको १९ महिनाअघिको पत्र राजनीतिक दाउपेचमा आएको निष्कर्ष सुनाए । “पत्र सम्बन्धित ठाउँमा पुगेको पनि थिएन । भिसाको अन्तर्वार्ताको समय माग गरिएको थियो । १८ महिनासम्म किन लुकाएर राखिएको,” उनले भने । 

उनले इन्दिरा राना मगर आफैँमा गलत नभएको भन्दै सत्तारुढ दललाई पदमा बसेको सह्य नभएको आरोप लगाए । सन् २०२३ फेब्रुअरी २६ मा उपसभामुख रानाले उपेन्द्र गौतम, सुस्मा लामा, राजेश लामा तामाङ, सुजन घर्तीमगर र धनप्रसाद गुरुङको अन्तर्वार्ता अघि सार्न आग्रह गर्दै अमेरिकी दूतावासलाई पत्र लेखिकी थिइन् । 

सोही पत्र पदीय आचरण विपरीत भएको भन्दै सत्तारुढ दलहरूले पदबाट हटाउने प्रस्ताव दर्ताको तयारी गरिरहेका छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ २६, २०८१  १३:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro