site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कांग्रेसले भन्यो– उपसभामुख रानाले मार्ग प्रशस्त गर्नु उपयुक्त हुन्छ

काठमाडौं । नेपाली कांग्रेसले उपसभामुख इन्दिरा रानालाई हटाउने विषयमा साझा धारणा बनाएर अघि बढ्ने जनाएको छ । बुधबार सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको बैठकपछि प्रमुख सचेतक श्याम घिमिरले सत्तारूढ दलको साझा धारणा बनेपछि संसदीय दलको बैठक बस्ने जानकारी दिए । 

उपसभामुखले अमेरिकी दूतावासलाई अन्तर्वार्ताको मिति अघि सार्न भन्दै लेखेको पत्रले संसद्को शिर झुकाएको निष्कर्ष कांग्रेसको छ । 

“उहाँमाथि गम्भीर प्रश्न उठेको हो । संसद्लाई नै अपामानित गरेको छ । शिर झुकाएको छ,” उनले भने । 

उपसभामुखले आफैँ बहिर्गमनको बाटो रोज्दा उपयुक्त हुने निचोड कांग्रेसको छ ।  “हाम्रो चाहना के हो भने सबै प्रक्रियामा जानुभन्दा उहाँले आफैँले बुझेर मार्ग प्रशस्त गर्नु अर्थात् बहिर्गमनको बाटो रोज्नु राम्रो हुन्छ भन्ने हाम्रो भनाइ हो,” घिमिरेले भने ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ २६, २०८१  ११:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro