site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
‘सी–चेक’का लागि पठाइएको निगमको विमान भोलि बिहान आइपुग्ने

काठमाडौं । नेपाल वायुसेवा निगमले ‘सी–चेक’ (पूर्ण परीक्षण)का लागि इटाली पठाएको विमान बुधबार बिहान काठमाडौं आइपुग्ने भएको छ । निगमको ए–३३० कलसाइन नाइन एएलवाई जहाज भोलि बिहान ६ः२० बजे काठमाडौं अवतरण हुने भएको हो ।

गत जुनमा ‘सी–चेक’का लागि इटाली गएको विमान विस्तृत मर्मत सकेर बुधबार बिहान काठमाडौं अवतरण गर्ने निमगले जनाएको छ ।

‘सी–चेक’का क्रममा विमान समस्या आएपछि लामो समय लागेको निगमले जनाएको छ ।

एकैपटक दुईवटा विमान ‘सी–चेक’का लागि पठाएको भन्दै निगमका अध्यक्ष युवराज अधिकारीलाई सरकारले स्पष्टीकरण सोधेको थियो । स्पष्टीकरण सोधेपछि निगम अध्यक्ष अधिकारीले नेपाल नागरिक उड्डयन प्राधिकरणका (क्यान) र सरकारकै असहयोग गरेका कारण पनि निगमले राम्रोसँग काम गर्न नसकेको जवाफ दिएका थिए ।

प्रकाशित मिति: मंगलबार, भदौ २५, २०८१  १७:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro