site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
दशौँ मन्त्रीमाथि प्रश्न छ, राजीनामा दिन तयार हो ? : देवेन्द्र पौडेल

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले उपसभामुख इन्दिरा रानामगरमाथि महाभियोग लगाउनुले लोकतन्त्रको संरक्षण हुन नसक्ने बताएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकको विशेष समयमा उनले उपसभामुखलाई हटाउने विषय संसद्‌मा प्रवेश हुनु दुःखदायी भएको बताए ।

यसरी हटाउने प्रवृत्तिले लोकतन्त्रको संरक्षण, विकास र सहकार्यको प्रणाली अगाडि बढ्न नसक्नेमा उनले जोड दिए । “एकजना महिला, जनजाति सहमतिको आधारमा आउनुभएको, सामाजिक सेवामा काम गर्नुभएको उपसभामुखलाई बलियो भनेको दुईतिहाइ सरकारले हटाउने कुरा सदनमा प्रवेश हुने कुरा निकै दुःखदायी छ । यसले लोकतन्त्र अगाडि बढ्न सक्दैन,” उनले भने ।

प्रश्न उठाउनासाथ राजीनामा दिनुपर्ने भए मन्त्रीहरूबारे पनि धेरै प्रश्न रहेका उनले उल्लेख गरे । उनले सरकारका मन्त्रीमाथि भुटानी शरणार्थी, बालुवाटार जग्गा र गिरिबन्धु टी–इस्टेट प्रकरणमा प्रश्न उठाइएको भन्दै राजीनामा दिन तयार हो ? भन्दै प्रश्न गरे ।

“प्रश्न उठेर राजीनामा दिने हो भने दशौँ मन्त्रीका प्रश्न उठेका छन् अहिले, राजीनामा दिन तयार हुनुहुन्छ ? लाउडामा प्रश्न उठ्यो । वाइडबडीमा प्रश्न उठ्यो । भुटानी शरणार्थीमा प्रश्न उठ्यो । बालुवाटार जग्गा प्रकरणमा प्रश्न उठ्यो । गिरिबन्धु टी–इस्टेटमा प्रश्न उठ्यो, राजीनामा दिन तयार हुनुहुन्छ ? छानबिन होस्,” उनले भने ।

उनले उपसभामुख रानामगरलाई नडराउन आग्रह गर्दै माओवादी केन्द्र साथमा रहेको बताए । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: मंगलबार, भदौ २५, २०८१  १६:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro