site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
रास्वपा सांसदलाई पदम गिरीको प्रश्न– कुन लोकतन्त्रका लागि लड्नुभएको थियो ?
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (एमाले)का सांसद पदम गिरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदलाई कुन लोकतन्त्रका लागि लडेको थियो भनेर प्रश्न गरेका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा उनले कुन लोकतन्त्र बचाउन ठेक्का लिएको भन्दै सोधे ।

“कुन लोकतन्त्रका लागि लड्नुभएको थियो ? र, त्यो लोकतन्त्र बचाउने ठेक्का लिनुभएको छ ?,” उनले भने “संसारका महँगा विश्वविद्यालयहरूमा हजारौँ डलर खर्च गरेर पढेका अभिजातवर्गका छोराछोरीले लडेर यो मुलुकमा लोकतन्त्र ल्याएको होइन ।” 

Argakhachi Cement Island Ad

देशका गरिब, श्रमजीवी, उत्पीडनमा परेका जनताहरूले लडेर परिवर्तन ल्याएको उनको भनाइ छ । उनले लोकतन्त्र बचाउन कसैले चिन्ता लिननपर्ने समेत बताए ।

“हिजो जसले ल्याएको हो । तिनले रक्षा गर्छन् । यसलाई संस्थागत गर्ने दायित्व पनि तिनले लिन्छन् । त्यसकारण कसैले चिन्ता गर्नुपर्छ भन्ने ठान्दिनँ,” उनले भने ।

आजको बैठकमा रास्वपाका सांसदहरूले उपसभामुख इन्दिरा रानालाई हटाएर लोकतन्त्रको घाटी निचोर्न लागेको बताएका थिए । सोही विषयमा गिरीले प्रश्नमिश्रित जवाफ दिएका हुन् । 

उनले उपसभामुखलाई राजीनामा दिएर सदनको गरिमा बढाउन पनि सुझाए । उनले उपसभामुख प्रकरण शीर निहुरिएको बताए ।

“उपसभामुखज्यूले आफ्नो पदीय मर्यादा अनुकूलको काम गर्न सक्नु भएन,” उनले भने, “उहाँले मार्ग प्रशस्त गर्दा संसद्को गरिमा उचो हुन्छ ।”

प्रकाशित मिति: मंगलबार, भदौ २५, २०८१  १५:४६
प्रतिक्रिया दिनुहोस्