site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
लगातार पाँच कारोबार दिन घट्यो नेप्से, सात अर्बको कारोबार

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक १३.०९ अंक घटेर बन्द भएको छ । आजसम्म बजार लगातार पाँच कारोबार दिन घटेको हो । नेपाल स्टक एक्स्चेन्ज नेप्सेका अनुसार, आज बजार २,६३२.९४ विन्दुमा बन्द भएको छ ।

बजार गत साताको बुधबारदेखि नै ओरालो जागेको छ । पाँच कारोबार दिनमा बजार करिब २०० अंकले ओरालो लागेको नेप्सेको तथ्यांकले देखाउँछ ।

आज सात अर्ब २४ करोड रुपैयाँको सेयर कारोबार भएको छ । आज ६७ कम्पनीको सेयर मूल्य वृद्धि भएको छ भने १७० कम्पनीको सेयर मूल्य घटेको छ ।

आठ कम्पनीको सेयर मूल्य आठ कम्पनीको सेयर मूल्य स्थिर छ ।

मानुषी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । थ्रीस्टार हाइड्रोपावरको सेयर मूल्य भने ९.९० प्रतिशतले वृद्धि भएको छ ।

आज कारोबारमा आएका १३ समूहमध्ये व्यापार समूहको परिसूचक ०.७९ प्रतिशतले वृद्धि भएको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, भदौ २५, २०८१  १५:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro