site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
संसद्‌मा सत्तारूढ दलहरूले मागे उपसभामुख रानाको राजीनामा
फाइल तस्बिर ।

काठमाडौं । प्रतिनिधिसभामा उपसभामुख इन्दिरा रानाको राजीनामा माग गरिएको छ । मंगलबार प्रतिनिधिसभाको बैठकमा सत्तारूढ दलका सांसदहरूले उपसभामुखको राजीनामा माग गरेका हुन् ।

सांसद सरस्वती सुब्बाले आफूमाथि उठेको प्रश्नमा छानबिनका लागि मार्ग प्रशस्त गर्न आग्रह गरिन् । “छानबिनका लागि मार्ग प्रशस्त गर्न उपसभामुखलाई अनुरोध गर्दुछ,” उनले भनिन् ।

त्यस्तै, सहराज अहमद फारुकीले नैतिकताको आधारमा मार्ग प्रशस्त गर्न उपसभामुखलाई आग्रह गरे ।

सांसद शोभा ज्ञवालीले उपसभामुख रानाले अमेरिकी दूतावासलाई लेखेको पत्रले मानव तस्करीको काम भएको आरोप पनि लगाइन् । 

“उहाँले गरेको काम मानव तस्करी होइन र ? अन्य व्यक्तिका कुरा जोडसँग उठाउनुहुन्छ । आफ्ना व्यक्तिको उठाउँदा आक्रोशित हुनुहुन्छ,” उनले भनिन् ।

उपसभामुख रानाले सन् २०२३ फ्रेब्रुअरी २६ मा अमेरिकाको न्यूयोर्कमा आयोजना भएको ‘एनजीओ सीएसडब्लू ६७’ कार्यक्रममा सहभागी हुन भिसाको अन्तर्वार्ताको मिति मिलाइदिन अमेरकी दूतावासलाई पत्र लेखेकी थिइन् । सोही प्रकरणमा सत्तारूढ दलले महाभियोगको तयारी गरेको चर्चा भइरहेको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ २५, २०८१  १३:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro