site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
उपसभामुख रानाविरुद्ध 'महाभियोग लगाउने तयारी'प्रति रास्वपाको आपत्ति
फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपसभामुख इन्दिरा रानाविरुद्ध 'महाभियोग लगाउने सत्तारूढ दलको तयारी'प्रति आपत्ति जनाएको छ । मंगलबार प्रतिनिधिसभाको बैठकमा रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले सत्तारूढ दलहरूले सल्लाह गरेर लोकतन्त्र मार्न लागेको आरोप  लगाए ।

उनले उपसभामुखलाई महाभियोग लगाउने तयारी रहेकोबारे मिडियाबाट जानकारी आएको सुनाए । 

“यो राज्य पनि अब लोकतन्त्रमाथि आक्रमण गर्दै छ । माननीय उपसभामुखविरुद्ध महाभियोग लगाउने जस्तो कुरा राजनीतिक पार्टी बसेर सल्लाह गर्ने कुरा लोकतन्त्रका लागि कहिले पनि मान्य हुने छैन,” उनले भने ।

उनले संवैधानिक परिषद्‌मा बहुमत पुर्‍याउनकै लागि त्यस्तो नगर्न चेतावनी दिए । उनले रास्वपा सधैँ लड्ने पनि बताए ।

“एक वर्ष वा दुइ वर्ष तपाईंले जित्नुहोला । स्मरण रहोस्, तपाईंहरू आफैँले खनेको खाल्डोमा तपाईंहरू पर्नुहुने छ स्मरण रहोस् । के नेपाली लोकतन्त्र यति कमजोर हो ? मिडियाबाट लोकतन्त्रको हुर्मत लिने हो ?,” उनले सोधे ।

संख्या र सत्ता शक्तिको नाममा राज्य चलाउने हो भने जनताको सार्वभौमसत्ता अघि कोही पनि नटिक्ने भनाइ उनको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ २५, २०८१  १३:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro