site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
गत आर्थिक वर्ष एक दशकयताकै धेरै आत्महत्याका घटना, कसरी कम गर्न सकिन्छ ?

काठमाडौं । आर्थिक वर्ष २०८०/०८१ मा पछिल्ला १० वर्षयताकै धेरै आत्महत्याका घटना भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकमा गत आर्थिक वर्ष सात हजार २२३ जनाले आत्महत्या गरेका छन् ।

यो संख्या आर्थिक वर्ष २०७९/०८० मा ६ हजार ९९३ थियो । विगत एक दशकमा सबैभन्दा कम वर्ष २०७१/०७२ मा चारहजार ३३२ जनाले आत्महत्या गरेको उल्लेख छ । यो संख्या वर्ष २०७६/०७७ यता निरन्तर आत्महत्याका घटना बढिरहेको र ६ हजारभन्दा माथि रहेको तथ्यांकले देखाएको छ । 

प्रदेशगतरूपमा आत्महत्याको दर सबैभन्दा धेरै कोसीमा छ । कोसीमा प्रति एकलाखमा एक हजार ५५६ जनाले आत्महत्या गरेको पाइएको छ । यस्तै, वाग्मतीमा यो दर एक हजार ५१०, लुम्बीनीमा एक हजार ३२९, मधेसमा एक हजार २९०, गण्डकीमा ६५७, सुदूरपश्चिममा ५५५ र कर्णालीमा ३२६ रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

Dabur Nepal
NIC Asia

आत्महत्याका घटना कसरी कम गर्ने ?

मनोविश्लेषकहरूका अनुसार, आत्महत्याका घटनामध्ये ८५ प्रतिशत घटनामा मानसिक समस्या जोडिएको हुन्छ । मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिहरूले पटकपटक आत्महत्याबारे सोचेर योजना बनाएर आत्महत्या गर्छन् ।

यस्ता व्यक्तिले परिवार आफन्त वा साथीहरूबीच कुनै न कुनै लक्षण देखाएका हुन्छन् । प्रमुख कन्सल्टेन्ट साइक्याट्रिस्ट तथा पाटन मानसिक अस्पतालका निर्देशक डा. अनन्त अधिकारीका अनुसार, व्यक्तिले आफू मानसिकरूपमा विक्षिप्त छु, डिप्रेसनमा छु भनेर आफन्त वा कसैलाई सेयर गरेमा उसलाई परामर्श वा ढाडस नभई हतोत्साहित गर्ने परिपाटीले व्यक्तिलाई आत्महत्याको चरणमा पुर्‍याइरहेको छ ।

डा. अधिकारी भन्छन्, “कसैले मानसिक समस्याबारे सेयर गरे हामी यस्तो कातर, लाछी वा यस्तै शब्द प्रयोग गरेर उसका समस्यालाई पन्छाउने कोसिस गर्छौं । वास्तवमा आत्महत्या कुनै कायरता या बहादुरी नभई मनोविज्ञानको एउटा अवस्था हो ।”

तर, पीडितका समस्या के हुन् र उनीहरूलाई सकारात्मक सल्लाह दिने वा  परामर्शमा लैजानेतिर जोड दिने हो भने यस्ता घटना स्वत: कम भएर जाने उनी बताउँछन् ।

साथै, आत्महत्या रोकथामका निम्ति परिवार, कार्यालाय र समाजमा मानसिक स्वास्थ्य समस्याबारे खुलेर कुराकानी र छलफल गर्ने वातावरण बनाउनु आवश्यक रहेको पनि डा. अधिकारीको भनाइ छ ।

नेपालमा आत्महत्या रोकथाम हेल्पलाइन ११६६ सञ्चालनमा छ । यदि आत्महत्याबारे कुनै पनि सोच आए यस नम्बरमा जुनसुकै समयमा फोन गरेर तालिमप्राप्त परामर्शदाताहरूको सहयोग लिन सकिन्छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ २५, २०८१  १२:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro