site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
गाजामा इजरायली हवाई आक्रमणमा ४० जनाको मृत्यु

काठमाडौं । हमासद्वारा सञ्चालित प्रशासनले गाजापट्टीमा इजरायलको पछिल्लो हवाई आक्रमणमा कम्तीमा ४० जनाको मृत्यु भएको जनाएको छ ।

हमासद्वारा सञ्चालित सिभिल डिफेन्स एडमिनिस्ट्रेसनले आक्रमण मानवीय सहायताका निम्ति तोकिएको क्षेत्रमा गरिएको र धेरै व्यक्ति घाइते समेत भएका जनाएको छ ।

इजरायली सेनाका अनुसार, खान युनिसमा हमास लडाकुहरूको सञ्चालन केन्द्रमा आक्रमण गरिएको थियो । यसमा नागरिकलाई जोगाउने उपाय अपनाइएको थियो ।

स्थानीय बासिन्दाका अनुसार, अल–मावासीमा विस्थापित मानिसको पालमा तीन आक्रमण गरिएको थियो । त्यहाँ ठूलो खाडल बनेको छ । अल–मवासी खान युनिसको पश्चिमस्थित मानिसको बसोबास भएको क्षेत्र हो ।

हमासको सिभिल डिफेन्स अपरेसन निर्देशकले बीबीसीलाई भने, “४० जनाको मृत्यु भएको छ र ६० जना घाइते भएका छन् भने धेरै मानिस भग्नावशेषमा फसेका छन् ।”

गत वर्ष अक्टोबरमा इजरायलले सैन्य अभियान सुरु गरेपछि हजारौँ विस्थापित प्यालेस्टाइनी आफ्नो ज्यान जोगाउन खान युनिसतिर भागेका थिए ।

अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण गरेको थियो । त्यति बेला १२ सयजनाको मृत्यु भएको थियो । २५१ जनालाई बन्धक बनाइएको थियो । त्यसपछि इजरायलले गाजामा सैन्य ‘अपरेसन’ थालेको थियो ।

हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार, इजरायली सैन्य अभियानमा हालसम्म ४० हजार ९०० भन्दा बढी मानिस मारिएका छन् । बीबीसीबाट ।

प्रकाशित मिति: मंगलबार, भदौ २५, २०८१  ०९:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro