site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
एमालेले बोलायो सचिवालय बैठक

काठमाडौं । नेकपा (एमाले)ले सचिवालय बैठक आह्वान गरेको छ । बैठक आउँदो भदौ २८ गते पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने तय भएको हो । बैठक मध्याह्न १२ः३० बजेका लागि बोलाइएको छ ।

बैठकमा वार्षिक कार्ययोजनाबारे छलफल हुने कार्यालय सचिव भिष्म अधिकारीले जानकारी दिए । “बैठकमा समसामयिक विषय र पार्टीको वार्षिक कार्ययोजनाबारे छलफल हुनेछ,” उनले भने । 

भदौ १८ र १९ गते बसेको पोलिट्ब्युरो बैठकले वार्षिक कार्ययोजनाबारे सुझाव दिएको थियो । आएका सुझावहरू समेटेर कार्ययोजनाको अन्तिम टुंगो लगाउने जिम्मा पार्टी सचिवालयलाई दिइएको थियो । 

प्रकाशित मिति: सोमबार, भदौ २४, २०८१  १८:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro