site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कति सजिलोसँग चुनाव जित्छु, केही गर्नै पर्दैन : शशांक कोइराला
फाइल तस्बिर ।

काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. शशांक कोइरालाले पार्टीको आउँदो महाधिवेशनमा आफू सभापतिको उमेदवार बन्ने बताएका छन् । विश्वेश्वरप्रसाद कोइरालाको १११औँ जन्मजयन्तीका अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

बीपीको छोरो भएकाले आफूलाई हरेक विषयमा सबैभन्दा अगाडि सार्ने गरिएको पनि उनले उल्लेख गरे । उनले आफूले सहजै र हालसम्म पाँचपटक निर्वाचन जितिसकेको बताए ।

ठूलो नभई असल मान्छे बन्नुपर्नेमा बीपीले जोड दिएको उनले स्मरण गरे । असल मान्छे हुन पनि कठिन रहेको उनले बताए ।

सांसद कोइरालाले बीपी व्यक्तिभन्दा पनि एउटा विचार भएको उल्लेख गरे ।

कार्यक्रममा शशांक कोइरालाको भनाइ पढ्नोस्–
बीपीको छोरो हुनेबित्तिकै हरेक कुरामा सबैभन्दा अगाडि सारिदिन्छन् मानिसले । कति सजिलोसँग म चुनाव जित्छु, केही गर्नै पर्दैन । पाँचचोटि त चुनाव जितेँ । त्यसैले यसपालि मलाई के लाग्यो भने अब सभापतिकै लागि लड्नुपर्लाजस्तो लागेको छ । अब त्यो त भविष्यले भन्छ । मैले बीपीको बारेमा भन्दा उहाँ भन्नुहुन्थ्यो– ठूलो मान्छे होइन, असल मान्छे बन्नुपर्छ । त्यो पनि एकदम गाह्रो रहेछ फेरि । भन्दाखेरि कति सजिलो छ । असल बन्नु भनेको अत्यन्त गाह्रो हो । सबैको आधार, सम्मान गर्नुपर्छ । त्यो मबाट हुनै सक्दैन जस्तो लाग्छ मलाई । किनभने, अरूहरूमा त्रुटि देख्छु । त्यसलाई कोट्ट्यायो भने अपमान हुन्छ, त्यो गर्नु हुँदैन । त्यसैले गाह्रो छ । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: सोमबार, भदौ २४, २०८१  १४:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro