site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
एमालेको प्रश्न– दुई जनाको ज्यान लिने पाँचथर बम विस्फोटको जिम्मा कसले लिन्छ ?
फाइल तस्बिर ऽ

काठमाडौं । नेकपा (एमाले)का मुख्य सचेतक महेश बर्तौलाले पाँचथरमा बेवारिसे बम विस्फोटको घटनाबारे सदनलाई जानकारी गराउन सरकारसँग माग गरेका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा उनले गृहमन्त्री रमेश लेखकले सदनमा आएर घटनाबारे जानकारी गराउनुपर्ने बताए ।

“केही समयअघि पाँचथरमा बेवारिसे बम फेला भएको र उक्त बम विस्फोट हुँदा दुई जनाको ज्यान गएको छ । यतिका दिनसम्म यस घटनाको दोषी को हो ? यसबारे सरकारले सदनलाई जानकारी गराउनुपर्छ,” उनले भने ।

सशस्त्र द्वन्द्वको समयमा छोडिएका बम विस्फोट भएको भन्दै उनले यस घटनाको जिम्मेवारी कसले लिन्छ भनी प्रश्न गरे ।

प्रकाशित मिति: सोमबार, भदौ २४, २०८१  १४:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro