site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
यी जिल्लामा आज बाढीको जोखिम
कालीगण्डकी नदीको दृश्य । फाइल तस्बिर ।

काठमाडौं । देशका केही सानाठूला नदीमा आज पानीको बहाव उल्लेख्य बढ्ने अनुमान छ । नदीतटीय क्षेत्रमा सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

यस दिन सिन्धुली, मकवानपुर, पर्सा, कास्की, स्याङ्जा, पर्वत, म्याग्दी, बागलुङ, गुल्मी, प्युठान र रोल्पा भई बहने केही साना नदीमा बहाव उल्लेख्य बढ्ने सम्भावना छ । यी जिल्लाका केही नदीमा आकस्मिक बाढीको मध्यम जोखिमको पूर्वानुमान गरिएको महाशाखाले जनाएको छ ।

यस्तै, पाँचथर, संखुवासभा, सोलुखुम्बु, उदयपुर, सिरहा, सप्तरी, रौतहट, सर्लाही, दोलखा, सिन्धुपाल्चोक, चितवन, गोरखा, लमजुङ, तनहुँ, कैलाली, कञ्चनपुर, बैतडी र डडेधुरा भई बहने केही साना नदीमा बहाव बढ्ने अनुमान छ ।

आज र भोलि कोसी, नारायणी, कर्णाली, महाकाली र यसका सहायक नदीहरूको जलसतह बढ्ने सम्भावना छ । कन्काई, कमला, वाग्मती, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीको जलसतह पनि बढ्ने महाशाखाको अनुमान छ ।

b1-1725506990.jpeg

b2-1725506990.jpeg

प्रकाशित मिति: बिहीबार, भदौ २०, २०८१  ०९:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro