site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
एमालेको निष्कर्ष– तत्काल वामपन्थी मोर्चा बन्दैन, चुनावमा कसैको बैसाखी टेक्दैनौँ 

काठमाडौं । नेकपा (एमाले)ले अहिले कुनै मोर्चाबन्दी बनाउन नहुने निष्कर्ष निकालेको छ । बुधबार पोलिट्ब्युरो बैठकपछि प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले तत्काल कुनै वामपन्थी मोर्चा नबन्ने निष्कर्ष निकालिएको जानकारी दिए ।

“अहिले कुनै वामपन्थी मोर्चा बन्दैन । त्यो दिशामा फर्केर हेरेका छैनौँ,” अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको निष्कर्ष सुनाउँदै गौतमले भने ।

एमालेले आगामी निर्वाचनमा एक्लै लड्ने पनि निचोड निकालेको छ । गौतमले कांग्रेसले एक्लै लड्ने भनेको सन्दर्भमा एमालेले पनि बैसाखी नटेक्ने निष्कर्ष निकालेको बताए ।

“एमाले एक्लै आफ्नो नीति तथा कार्यक्रमको आधार बोकेर हिजो पनि चुनाव लडेको हो । आज पनि एक्लै चुनाव लड्छौँ । कसैको बैसाखी टेक्दैनौँ भन्ने कुरा उठेको छ,” गौतमले भने ।

बैठकमा महासचिव शंकर पोखरेलले प्रस्तुत गरेको कार्ययोजनामा ५१ जना सदस्यले आफ्नो धारणा राखेका थिए । प्रभावकारी कार्यान्वयनमा नेताहरूले जोड दिएका थिए ।

बैठकले १५ वटा समसामयिक प्रस्ताव पनि पारित गरेको छ ।

प्रकाशित मिति: बुधबार, भदौ १९, २०८१  १९:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro