site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
एमाले ढल होइन, चरित्रहीन गतिविधि सह्य छैन : ओली 

काठमाडौं । नेकपा (एमाले)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्र नैतिकहीन गतिविधि स्वीकार्य नहुने बताएका छन् । बुधबार पोलिट्ब्युरोको बैठकमा ओलीले आचारणहीन नैतिकहीन र चरित्रहीन कुरालाई नसहने बताएका हुन् ।

“यो पार्टी ढल होइन । व्यक्ति विशेषका कमिकजोरीहरू हुन सक्छन्,” ओलीले भनेका छन्, “कि त राजनीति गर कि त इन्जोय गर । राजनीति र इन्जोय दुवै गर्न पाइँदैन ।”

ओलीले पार्टी नीतिगतरूपमा प्रस्ट भएको दाबी गरेका छन् । उनले एमाले जग र जरा भएको पार्टी भएको बताए ।

परिवर्तन सम्भव छ भन्ने कुरालाई आधार बनाएर अघि बढेको धारणा राखेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

ओलीले पार्टीले स्वतन्त्रतापूर्वक निर्णायक शक्ति बनाउन पहल गर्ने बताएका छन् ।

प्रकाशित मिति: बुधबार, भदौ १९, २०८१  १९:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro