site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
ट्राफिक कारबाहीमा परे तत्कालै अनलाइनबाट जरिवाना तिर्न पाइने व्यवस्था गरिँदै 

काठमाडौं । ट्राफिक प्रहरीको कारबाहीमा परेमा तत्कालै अनलाइनबाट जरिवाना भुक्तानी गर्न मिल्ने व्यवस्था गर्न लागेको छ । यसका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृहमन्त्रालय र नेपाल प्रहरीले संयुक्त रुपमा काम गरिरहेका छन् ।

यससँगै अब ट्राफिक नियम उल्लंघन गरी कारबाहीमा पर्दा त्यतिबेलै जरिवाना तिर्न सकिने भएको हो । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक विश्वराज खड्काले यस निम्ति तयारी अन्तिम अवस्थामा पुगेको जानकारी दिए ।

सवारी तथा यातायात व्यवस्था ऐनमा नै तत्कालै कारबाही गर्नुपर्ने र त्यो सम्भव नभएको अवस्थामा मात्रै २४ घण्टे पुर्जी दिनुपर्ने व्यवस्था छ । सरकारले नियम उल्लंघनकर्ताहरूलाई जरिवाना तिर्दा पर्ने कठिनाई हटाउन यस्तो व्यवस्था गर्न लागेको बताइएको छ ।

‘‘ट्राफिक नियम उल्लंघनमा पर्दा लाइसेन्स हुनेको हकमा त्यतिबेलै अनलाइनबाट जरिवाना तिर्न सकिने व्यवस्था गर्ने काम भइरहेको छ । यसका तयारी लगभग अन्तिम अवस्थामा पुगेको छ । चाँडै नै व्यवस्था लागू हुनसक्छ,” प्रहरी उपरीक्षक खड्काले भने । स्मार्टफोन नहुने र त्यतिबेलै भुक्तानी गर्न नसक्नेको हकमा पुर्जी पनि दिइने उनले बताए ।

ट्राफिक प्रहरीको प्राविधिक र प्रधानमन्त्री कार्यालयको प्राविधिक टिमले यसका लागि काम गरिरहेको छ । अनलाइनबाटै ट्राफिक जरिवाना भुक्तानी गर्न कार्ययोजना भने करिब तीन वर्षअघि नै बनेको बताइएको छ । पुरानै कार्यविधिलाई आधार मानी हाल द्रूत गतिमा काम भइरहेको र चाँडै यो व्यवस्था लागू हुने बताइएको छ ।

जरिवानाबाहेक ट्राफिक प्रहरीले दिने गरेको सचेतना कक्षाबारे भने कुनै निर्णय भइसकेको छैन । जरिवाना कारबाहीमा परेकै ठाउँमा तिर्न मिल्ने भएपछि सचेतना कक्षा लिन जानुपर्ने वा नपर्ने विषय भने टुंगो लागेको छैन । प्रहरी उपरिक्षक खड्काले यस विषयमा पछि नै निर्णय हुने बताए ।
 

प्रकाशित मिति: मंगलबार, भदौ १८, २०८१  १७:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro