site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कोसी निजामती संशोधन विधेयकप्रति छैटौँ तहका कर्मचारीको विरोध

विराटनगर । कोसी प्रदेश निजामती सेवा ऐन, २०७९ मा संशोधनको माग गर्दै कर्मचारीको एक समूहले प्रदेशसभाअगाडि प्रदर्शन गरेको छ ।

सभामा ऐन संशोधन गर्न बनेको विधेयकमाथि छलफल सकिएर संशोधन दर्ता गराउने ७२ घण्टे अवधि मंगलबार (आज) सकिँदै छ । विधेयकमाथिको संशोधनको विरोधमा कोसी प्रदेशका छैटौँ तहका कर्मचारीले ब्यानर बोकेर प्रदेशसभा सचिवालयअगाडि प्रदर्शन गरेका हुन् ।

विधेयकमा नेकपा (एमाले)का प्रदेशसभा सदस्य इन्द्रमणि पराजुली र नेकपा (माओवादी केन्द्र)का गोम्बु शेर्पाले संशोधन प्रस्ताव दर्ता गराएका छन् । स्वतः सातौँ तहमा बढुवा हुने प्रावधान रोक्न खोजिएको कर्मचारीको भनाइ छ ।

विधेयकमा एकपटकका निम्ति ११ वर्ष सेवा अवधि पूरा गरेका कर्मचारी स्वतः बढुवा हुने प्रावधान समेटिएको भए पनि संशोधनमार्फत रोक्न खोजिएको उनीहरूको बुझाइ छ ।

उक्त विधेयकप्रति यसअघि स्वास्थ्य क्षेत्रका कर्मचारीले पनि असन्तुष्टि जनाएका थिए । दशौँ तहका कर्मचारीको बढुवा पदस्थापन सुनिश्चित नभएको भन्दै उनीहरूले सरकारको ध्यानाकर्षण गराएका थिए ।

प्रकाशित मिति: मंगलबार, भदौ १८, २०८१  १४:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro