site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
परराष्ट्रमन्त्रीसँग सांसदहरूका प्रश्नैप्रश्न– भारत भ्रमणमा कुन परियोजना ‘ब्रेक थ्रु’ भयो ?

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणासँग सांसदहरूले पोखरा र भैरहवा विमानस्थल सञ्चालनदेखि भारत भ्रमणका बखत बिछ्याइएको रातो कार्पेटका विषयमा प्रश्न गरेका छन् ।

प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र परराष्ट्र समितिको मंगलबारको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद शिशिर खनालले प्रश्न गरे, ‘‘भैरहवा र पोखरा विमानस्थल कहिले चल्छ ? ती विमानस्थलले हवाईमार्ग पाउँछ कि पाउँदैन ? भारत भ्रमणमा के छलफल भयो ?’’ ती विदेशी ऋणमा निर्मित दुवै विमानस्थल प्रयोग हुन सकेको छैन ।

उनले सीमा विवादका विषयमा छलफलबारे जानकारी माग गरे । उनले नेपाल–भारत सम्बन्धका विषयमा गठित विज्ञ समितिको प्रतिवेदन बुझ्ने विषयमा पनि प्रश्न गरे ।

Dabur Nepal
NIC Asia

“नेपाल–भारत प्रबुद्ध समूह ‘ईपीजी’को प्रतिवेदनबारे भारतीय पक्षको कुरा के आयो ?,” खनालले प्रश्न गरे, “तपाईंले के कुरा उठाउनुभयो ? राजदूत नियुक्ति निर्देशिकाविपरीत डा. शंकर शर्मालाई किन भारतकै राजदूतमा सिफारिस गरियो ?’’

संसदीय सुनुवाइ समितिमा यसअघि शर्माले ‘कार्यविधि संशोधन गर्नुपर्‍यो’ भन्नेजस्तो हलुका जवाफ दिएको भन्दै उनले त्यसबारे समेत सरकारको धारणा माग गरे ।

काठमाडौंको चक्रपथ निर्माणलाई बीआरआईसँग जोडिएको भन्दै उनले बीआरआई के हो भनी प्रश्न गरे । “चीनसँग हुने हरेक सम्झौता बीआरआईअन्तर्गत हो ?,” प्रश्न गर्दै खनालले भने, “बीआरआई सम्बन्धमा छलफल गराउन हामी किन डराएको ?”

उनले बंगलादेशमा ४० मेगावाट बिजुली बेच्ने विषय त्यहाँको राजनीतिक परिस्थितिले प्रभावित हुने/नहुने र भारतीय पक्षको धारणाबारे के जानकारी छ भनी थप प्रश्न गरे ।

स्वतन्त्र सांसद प्रभु शाहले भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमण हुने/नहुनेलगायत विषयमा जानकारी माग गरे । “भारतीय प्रधानमन्त्रीको भ्रमण हुन्छ कि हुँदैन ?,” साहले प्रश्न गरे, “हाम्रो प्रधानमन्त्रीको भारत भ्रमण के हुन्छ ?”

साहले अर्को प्रश्न गरे, “कूटनीतिक क्षेत्रको जानकारी नभएको मान्छेलाई राजदूतमा नियुक्ति किन गरियो ? के कारणले भारतको राजदूत फिर्ता बोलायौँ र के कारणले उनलाई पुनः त्यहाँ नियुक्ति भयो ? खेलबाड किन गरियो ?”

उनले जर्मनीका निम्ति राजदूत सिफारिस व्यक्तिमा कूटनीतिको ज्ञान नै नभएको जिकिर गरे । “राजदूत नियुक्त भएका मान्छेसँग कूटनैतिक जानकारी छैन भनिन्छ, किन पठाइयो त्यहाँ ?,” उनले प्रश्न गरे ।

नेकपा (एमाले)का सांसद भीम आचार्यले पनि प्रश्न गरे, ‘‘भारत भ्रमणले कुन परियोजना ‘ब्रेक थ्रु’ गर्‍यो ? पञ्चेश्वरका विषयमा स्पेसिफिक कुराचाहिँ के भयो ?”

उनले भारत भ्रमणमा हात मिलाएको भनी प्रचार बढी गरिएको र त्यो नै ठूलो उपलब्धि ठानिएको हो कि भन्ने प्रश्न पनि गरे । “राजदूत नियुक्तिको रिजल्ट हेर्दा रिटायर्ड जीवन बिताएको देख्छु, नेपालका लागि केही गरेको देख्दिनँ,” आचार्यले भने, “उनीहरूको क्षमता के हो त्यो हेरिएन ।”

नेमकिपाका सांसद प्रेम सुवालले परराष्ट्रमन्त्रीलाई भारतीय प्रधानमन्त्रीले रातो कार्पेटमा स्वागत गरेको चर्चा भएको उल्लेख गरे । त्यस्तो स्वागत सिक्किमका लेण्डुप दोर्जेलाई पनि गरिएको उनले बताए ।

“परराष्ट्रमन्त्रीलाई प्रधानमन्त्रीसरह स्वागत गरेको भनी चर्चा गरिएको छ,” सुवालले भने, “तर, हामीले बिर्सनु हुन्न कि लेण्डुप दोर्जेलाई भारतले रातो कार्पेट ओछ्याएर सिक्किम खाएको ।”

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ १८, २०८१  १३:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro