site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
मुख्यसचिवलाई भेटेर महासंघका प्रतिनिधिले भने– अब नीतिगत सुधार चाहिन्छ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को टोलीले नवनियुक्त मुख्यसचिव एकनारायण अर्याललाई भेटेर नीतिगत सुधारको माग गरेको छ । भेटमा उनीहरूले अर्थतन्त्रमा सुधार देखिए पनि तीव्र र दिगो विकासका लागि नीतिगत सुधार र स्थायित्व आवश्यक रहेको बताए ।

महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सुधारका लागि गठन हुने उच्चस्तरीय आर्थिक सुधार आयोगले यसमा काम गर्नुपर्ने र महासंघले यसमा सघाउने बताए । उनले निजी क्षेत्रको मर्यादाक्रमका लागि महासंघले आग्रह गरिरहेकामा यसलाई सकारात्मक रूपमा लिन पनि आग्रह गरे ।

Dabur Nepal
NIC Asia

यसैगरी, उनले सर्वसाधारण र व्यवसायीले सेवा लिने क्षेत्रमा सुधारका लागि प्रविधिको उपयोग बढाएर सुशानसनको प्रत्याभूति दिलाउन पनि आवश्यक रहेको उनले औँल्याए ।

जवाफमा मुख्यसचिव अर्यालले निजी क्षेत्रको महत्त्व आफूले बुझेको र लगानी प्रोत्साहित हुने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

सोही अवसरमा महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले छिटोछिटो नीति परिवर्तन हुन नहुनेमा जोड दिए ।

त्यस्तै, महासंघका उपाध्यक्ष हेमराज ढकालले अनधिकृत आयात रोक्न र उधारो उठाउने सम्बन्धी कानुन निर्माण गर्न पनि सरकारले पहल गर्नुपर्ने धारणा राख ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ १७, २०८१  २२:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro