site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कैलालीमा सर्पले टोकेर बालकको मृत्यु
प्रतीकात्मक तस्बिर ।

कैलाली । कैलालीमा सर्पले टोकेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका–९, वनदेवी टोल बस्ने माया विकको पाँच वर्षीय छोरा अरुण रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

कार्यालयका अनुसार अरुणलाई गएराति निजकै घरमा सुतिरहेको अवस्थामा सर्पले टोकी घाइते भएको र उपचारको क्रममा राति १ः५० बजे सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो ।

त्यसैगरी गएराति नै सर्पले टोकेर कैलालीको गोदावरी नगपालिका–६, लालपुरका अन्दाजी ३३ वर्षीय सागर विष्ट घाइते भएका छन् । रासस

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ १७, २०८१  १५:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro