site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सरकारको न्यूनतम साझा कार्यक्रम बनाउन विश्वप्रकाश शर्माको सुझाव
फाइल तस्बिर ।

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारको न्यूनतम साझा कार्यक्रम निर्माणमा लाग्नुपर्ने बताएका छन् । आइतबार पार्टीको केन्द्रीय समितिको बैठकमा उनले जनतामा डेलिभरीका लागि सरकारको साझा न्यूनतम कार्यक्रम बनाउन आवश्यक रहेको बताए ।

“अविलम्ब सरकारको साझा न्यूनतम कार्यक्रम निमार्णमा लागौँ,” उनले भने ।

उनले सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासमा लिनुपर्ने पनि बताए । “जे सहमति भएको छ, त्यो अक्षरशः पालना गरौँ । जे विमति भएको छ, त्यसमा परिपक्वता राख्नुपर्छ,” उनले भने । 

उनले ०८४ सम्म सहकार्य गर्नुपर्ने भएकाले संयततापूर्वक जानुपर्ने बताए । संविधान संशोधनका लागि बृहत्तर सहमति हुनुपर्ने उनको भनाइ छ । उनले सरकार सञ्चालनमा साझा स्वामित्व हुनुपर्ने पनि बताए ।

“सरकारमा रहेको एउटा मन्त्रीजीले अर्को मन्त्रीजीलाई सामाजिक सञ्जालबाट हारगुहार गर्ने विषय सुहाउँदो हुँदैन,” उनले भने । 

उनले सत्ता समीकरणमा कुनै झस्को नपुग्ने गरी चुनावी गठबन्धनको विषयमा निर्णय गर्नुपर्ने पनि बताए ।

प्रकाशित मिति: आइतबार, भदौ १६, २०८१  १८:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro